Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

ईदको अबसरमा सिद्दार्थनगरका मेयर खानद्दारा शुभकामना व्यक्त


  • लुम्बिनी चिन्तन
  • चैत्र १६, २०८१ आइतवार
  • 348
    SHARES

ईदको अबसरमा सिद्दार्थनगरका मेयर खानद्दारा शुभकामना व्यक्त

 भैरहवा, चैत १७

सिद्दार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खानले आम नगरवासी एबम नेपालिजनमा इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद उल फित्र) को अबसरमा सुख, शान्ति र समृद्धिकोलागी शुभकामना व्यक्त गरेका छन् ।

आइतवार साझ एक शुभकामना सन्देस जारी गर्दै उनले ईद मुस्लिम समुदायको महत्वपुर्ण पर्व भएको उल्लेख गर्दै आपसी सद्भावको पर्वका रूपमा मनाइने ईदले सबै नेपालीबीच बन्धुत्वको भावना अझ बढाउन मद्दत पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।

विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरू राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका पहिचान भएको उल्लेख गर्दै उनले यो पर्वले समाजका प्रत्येक सदस्यलाई एक अर्कासँग प्रेम र सद्भाव राख्नमा प्रोत्साहन मिल्ने बताए । "यो पवित्र इद पर्वका अवसरमा हामीलाई सबै जाति र धर्मका बीचमा सम्मान र समझदारीको भावना अझ प्रगाढ बनाउने अवसरको रुपमा लिनेमा म बिश्वास लिएको छु ।

उनले भनेका छन्, 'इद उल फित्र' पर्वले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन प्रेरित गरोस् भन्ने कामना गर्दछु।" इस्लाम धर्मालम्बिहरुले सोमबार ईद पर्व मनाउदै छन् ।


लुम्बिनी चिन्तन

थप समाचार