Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जेनजी आन्दोलनः प्रहरीको गोलीबाट मृतकको संख्या १० पुग्यो


  • लुम्बिनी चिन्तन
  • भाद्र २३, २०८२ सोमवार
  • 190
    SHARES

जेनजी आन्दोलनः प्रहरीको गोलीबाट मृतकको संख्या १० पुग्यो

काठमाडौं, २२ भाद्र । काठमाडौंमा जेनजी आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १० पुगेको छ। विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये अधिकको ज्यान गएको पुष्टि भएको छ।

त्रिवि शिक्षण अस्पताल अन्तर्गतको ट्रमा सेन्टरमा सबैभन्दा बढी ६ जनाले ज्यान गुमाएका छन्। अस्पताल प्रशासनले उनीहरू उपचारको क्रममा मृत्यु भएको जानकारी दिएको छ।

यस्तै, सिभिल अस्पतालमा उपचारका लागि लगिएका २ प्रदर्शनकारीको पनि मृत्यु भएको बताइएको छ। काठमाडौँ मेडिकल कलेजमा एक जनाले ज्यान गुमाएका छन् भने टिचिङ अस्पतालमा समेत १ प्रदर्शनकारीको मृत्यु भएको डा. गोपाल सेडाइँले जानकारी दिएका छन्।


लुम्बिनी चिन्तन

थप समाचार