Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जेनजी प्रदर्शनले उग्ररुप लिन थालेपछि रूपन्देहीमा कफ्र्यू आदेश जारी , नेपाली काग्रेस पार्टी कार्यालय र पुर्व गृहमन्त्री बालकृष्ण खांडको घरमा तोडफोड 


  • लुम्बिनी चिन्तन
  • भाद्र २३, २०८२ सोमवार
  • 204
    SHARES

जेनजी प्रदर्शनले उग्ररुप लिन थालेपछि रूपन्देहीमा कफ्र्यू आदेश जारी , नेपाली काग्रेस पार्टी कार्यालय र पुर्व गृहमन्त्री बालकृष्ण खांडको घरमा तोडफोड 

भैरहवा भदौ २३ । जेनजी प्रर्दशन रुपन्देहीमा क्रमिक रुपमा उग्र हुदै जान थाले पछि जिल्ला प्रशासन कार्यालय रुपन्देहील कफ्र्यू आदेश जारी गरेको छ । रुपन्देहीका  प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले कफ्र्यू आदेश जारी गरेका हुन् ।
प्रशासनले जारी गरेको कफ्र्यु आदेशमा भनिएको छ, ‘मिति २०८२–०५–२३ गते अपरान्ह ४ः०० बजेदेखि मिति २०८२–०५–२३ गते रातीको १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम रुपन्देही जिल्लाको बुटवलदेखि भैरहवा क्षेत्रभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको छ ।’
प्रशासनले बुटवल क्षेत्रमा पूर्वमा पेट्रोल पम्प धागो कारखाना पुलसम्म, पश्चिममा बेलवास चोकसम्म, उत्तरमा चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म कफ्र्यु आदेश जारी गरेको छ ।
यस्तै, भैरहवा क्षेत्रमा पूर्वमा रोहिणी खोला पुलसम्म, पश्चिममा बेथरी पुलसम्म, उत्तरमा बुद्धचोकसम्म, दक्षिणमा मेउडीहवासम्म कफ्र्यू आदेश जारी गरेको छ । यस्तै, बुटवल–बेलहिया सडक खण्डको दयाँबाँया १०० मिटरसम्म पनि कफ्र्यू आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
यस अघी जेनजी समुहले नेपाली काग्रेस रुपन्देहीको भैरहवामा रहेको पार्टी कार्यालय तोडफोड गरेका थिए । सो क्रममा पार्टी कार्यालय परिषरमा रहेका चार वटा कार , केही मोटरसाईकल र स्कुटी समेत टोडफोड गरेको नेपाली काग्रेस रुपन्देहीले जनाएको छ । प्रर्दशनकारीहरुले पार्टी कार्यालयको सम्पुर्ण झयालका सिसाहरु फोडेको थियो । 
त्यसैगरी तिलोतमा नगरपालीका वडानं ८ चार नम्बरमा रहेको पुर्व गृहमन्त्री बालकृण खांण्डको घर पनि तोडफोड गरेका छन् । सो समुहले खौडको घरको गेट , कम्पाण्ड र गमलाहरुमा तोडफोड गरेको प्रहरीले जनाएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार