Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कृषि क्याम्पस पक्लिहवामा एमाले काग्रेस माओवादी निकट विद्यार्थी संगठनका पदाधिकारीहरु द्धारा राजिनामा , स्वबियु साइनबोर्ड जलाइयो , जेनजी आन्दोलन प्रति एकिबद्धता 


  • लुम्बिनी चिन्तन
  • भाद्र २४, २०८२ मंगलवार
  • 194
    SHARES

कृषि क्याम्पस पक्लिहवामा एमाले काग्रेस माओवादी निकट विद्यार्थी संगठनका पदाधिकारीहरु द्धारा राजिनामा , स्वबियु साइनबोर्ड जलाइयो , जेनजी आन्दोलन प्रति एकिबद्धता 

भैरहवा भदौ २४ । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा कृषि क्याम्पस भैरहवाका क्रियाशील तीन विद्यार्थी संगठनका पदाधिकारीहरुले विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेका छन् । 
साथै उनिहरुले बिध्यार्थी संगठनका साईबोडहरु निकाली जलाएका छन् । उनिहरुले आगामी दिनमा जेनजी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँने निर्णय गरेका छन् ।
मंगलबार बिहान करिब दुई सय विद्यार्थीहरुको हस्ताक्षर संकलन गरी यहाँ क्रियाशील काँग्रेस निकट भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेको नेपाल विद्यार्थी संघका क्याम्पस कमिटी सभापति कमल सुवेदीले बताए । 
विद्यार्थी संगठन खारेज गर्ने निर्णयपछि सबै संगठनका क्याम्पस कमिटीका अध्यक्षसहितका पदाधिकारी, सदस्यहरु र साधारण सदस्यहरुले सम्बद्ध संगठनबाट सामूहिक राजीनामा दिएका छन् । विद्यार्थी संगठनहरुले क्याम्पस हाताभित्र राखिएका तीनवटै विद्यार्थी संगठनका साइनबोर्ड निकालेर जलाएका छन् । जेनजी आन्दोलनलाई सरकारले दमन गरेको र निर्दोष युवाहरुलाई ताकेर गोली हानी हत्या गरेको विद्यार्थी संगठनहरुको भनाई छ ।paklihawa 124.jpg
नेपाल विद्यार्थी संघका क्याम्पस कमिटी सभापति कमल सुवेदीले अब पक्लिहवा क्याम्पसमा कुनै विद्यार्थी संगठन नहुने बताए । ‘हामी कुनै पनि पार्टीको झोले नहुने गरी आज विद्यार्थी संगठन खारेज गर्ने निर्णयमा पुगेका हौं’, उनले भने, ‘सोमबार जुन किसिमले जेनजी आन्दोलनमा निर्दोष युवाहरुको सरकारले हत्या गर्यो, त्यो सैह्य छैन । हामी उक्त आन्दोलनमा ऐक्यबद्धता जनाउँछौं ।’
एमाले निकट अनेरास्ववियुका क्याम्पस कमिटी अध्यक्ष विवेक खनालले सबै विद्यार्थीहरुले संगठन र दलभन्दा माथि उठेर मुलुकको हीतमा र युवाहरुको आवाजमा साथ दिनुपर्छ भनेर नै विद्यार्थी संगठन खारेज गरेको जनाए ।
माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका सदस्य उज्वल रायले मुलुकमा परिवर्तनको माग लामो समय रहे पनि अहिले आएर जेनजीहरु अघि आएको बताए । ‘हाम्रो कुनै न कुनै पुस्ताले आन्दोलनको अगुवाई गर्नुपर्ने थियो’, उनले भने, ‘हिजो युवाहरुमाथि सरकारले जुन दमन गर्यो, यसले हामीजस्ता युवाहरुमाथि खुन उम्लियो र एकढिक्का भएर विद्यार्थी संगठन खारेज गरी जेनजी आन्दोलनमा ऐक्यबद्धता जनाएका छौ उनले भने ।
अनेरास्ववियुकी क्याम्पस कमिटी कोषाध्यक्ष मनिषा ढकालले अब आफूहरु स्वतन्त्र युवा र विद्यार्थी भएको बताउदै अब हामी चुप बस्नु हुन्न, यी पार्टीका संगठनमा बसेर काम छैन भनेर नै स्वतन्त्र भएको बताईन ।


लुम्बिनी चिन्तन

थप समाचार