Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा ९ बजे देखि साँझ ७ बजेसम्म कफ्र्यु


  • लुम्बिनी चिन्तन
  • भाद्र २६, २०८२ बिहिवार
  • 194
    SHARES

रुपन्देहीमा ९ बजे देखि साँझ ७ बजेसम्म कफ्र्यु

रुपन्देही, २६ भदौ – रुपन्देही प्रशासनले जिल्लाभर कफ्र्यु आदेश जारी गरेको छ ।

प्रशासनले आज बिहान ९ बजेदेखि साँझ ७ बजेसम्मका लागि जिल्लाभर कफ्र्यु आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले एक सूचना जारी गर्दै जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडपका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कफ्र्यु आदेश जारी गरेको जनाएका छन् ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कफ्र्यु अवधिभर आदेशको उल्लंघन गरी कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गरेमा प्रचलित कानून अनुसार कडाभन्दा कडा कारबाही गरिने सूचनामा जानकारी गराइएको छ ।

 

यसअघि भदौ २४ गते बेलुका साढे ८ बजेदेखि जारी भएको कफ्र्यु आज बिहान ७ बजे देखि ९ बजे सम्म खुला गरिएको थियो ।1757557695-PLufA.jpg


लुम्बिनी चिन्तन

थप समाचार