Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीको जनजिवन सामान्य बन्दै , भैरहवामा शान्ति–सद्भाव ¥याली


  • लुम्बिनी चिन्तन
  • भाद्र २७, २०८२ शुक्रवार
  • 188
    SHARES

रुपन्देहीको जनजिवन सामान्य बन्दै , भैरहवामा शान्ति–सद्भाव ¥याली

 भैरहवा भदौं २७ ।  
रुपन्देहीको जनजिवन सुक्रवार बिहान देखी सामान्य बन्दै गएको छ । सुक्रबार बिहान मुलुकमा शान्ति र एकता कायम गर्न भन्दै भैरहवामा सदभाव ¥याली समेत निकालीएको थियो । 
बिभिन्न १३ बढी संघसंस्थाहरुको समन्वयमा आयोजित सद्धघाव र्यालीमा जेनजीको प्रदर्शनबाट मुलुकमा सृजना भएको अन्यौलता र अस्थिरताबाट समाजमा सकारात्मक भावना जागृहत गराउने उद्देश्यसहित सदभाव ¥याली निकालिएको थियो । 
नेपाल भारत सीमा बेलहियाबाट सुरु भएको ¥याली डण्डा , आंखा अस्पताल , देवकोटाचोक हुदै बुद्धचोकमा आएर समापन भएको थियो । समापनका अवसरमा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी  डा.टोकबहादुर पाण्डेले प्रदर्शनको घटनाबाट पाठ सिकेर समाजमा शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायलाई उच्च मनोबल प्रदान गर्न आग्रह गरे । 
उनले  लुटपाटमा संलग्नहरुको फोटो, भिडियो र फुटेज लिइएको जानकारी दिँदै अपराध कर्ममा संलग्न जो कोही कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता ब्यक्त गरे । सुरक्षा निकायले तोडफोड , लुटपाट , आगजनीमा संम्लग्नहरुको फोटो , भिडियो संकलन गर्ने र अध्ययन गर्ने काम भैरहेको बताउदै छिटै सम्लग्नहरुको पहिचान गरी नियन्त्रणमा लिई कानुनि कार्वाही सुरु गर्ने प्रतिबद्धता जनाए । 
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले अब शान्ति र स्थिरताको लागि सबै क्षेत्रबाट पहल गर्नुपर्ने र देशले निकास पाउनुपर्ने बताए । जेन जेड प्रतिनिधि सागर न्यौपानेले प्रदर्शनमा घुसपैठबाट कल्पना नै नगरेका घटना घटेको उल्लेख गर्दै नयाँ नेपाल बनाउन सबै एकजुट भएर लाग्न आग्रह गरे ।


लुम्बिनी चिन्तन

थप समाचार