Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जेन–जि आन्दोलनमा ज्यन गुमाएकाहरुप्रति रास्पा नगर समिति भैरवाद्वारा शान्तिदीप प्रज्वलन


  • लुम्बिनी चिन्तन
  • आश्विन ३, २०८२ शुक्रवार
  • 290
    SHARES

जेन–जि आन्दोलनमा ज्यन गुमाएकाहरुप्रति रास्पा नगर समिति भैरवाद्वारा शान्तिदीप प्रज्वलन

भैरहवा, ०३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी नगर समिति भैरवाले भैरहवाको बुद्धचोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा जेन्जी आन्दोलनमा मारिएका बालबालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। सहभागीहरूले एक मिनेट मौन धारण गर्दै दिवंगत बालबालिकाको आत्माको चिरशान्तिको कामना गरेका थिए।

उनले सहिद भएका बालबालिकाको बलिदानले पक्कै पनि न्याय दिलाउने र यस आन्दोलनले भ्रष्टाचारविरुद्धको संघर्षलाई अझ सबल बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार, “सहिदहरूको रगत व्यर्थ नजाने र यही बाटोबाट सुन्दर नेपाल निर्माण हुनेछ राष्ट्रिय स्वतन्त्र पार्टीका  नगर  सभापति परशुराम पराजुलीले भन्नुभएको छ। WhatsApp Image 2025-09-19 at 3.16.24 PM.jpeg
दीप प्रज्वलन कार्यक्रममा पार्टीका पदाधिकारी, कार्यकर्तादेखि स्थानीय नागरिकसम्मको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले न्याय र सत्यका पक्षमा आवाज उठाउन निरन्तर दबाब सिर्जना गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।


लुम्बिनी चिन्तन

थप समाचार