भैरहवा मंसिर १८/
२५ करोड ७० लाख रुपैयाको लागतमा बन्ने लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलन्यास भएको छ ।
२ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरि करिब रु.२५ करोड ७० लाख ८६ हजार ६ सय ९८को लागतमा प्रशासनिक भवन बन्न लागेको लुम्बिनी सांस्कृतीक नगरपालिकाका कार्यबहाक नगरप्रमुख कल्पना हरीजनले जानकारी दिईन ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ मा बन्ने प्रशासकीय भवनको तीनवटा धर्मगुरुहरु हिन्दू , मुस्लिम र बुद्धिस्ट धर्म अनुसार धर्मगुरुहरूले आफूआफ्नो तरिकाबाट पाठहरू पढेर पूजा आराधना गरी भवन शिलान्यास गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीले जानकारी दिईन ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्व.नगरप्रमुख सजरुद्धिन मुसलमानको नेतृत्वमा जग्गा व्यवस्थापन सहित भवन निर्माणका लागी पहल भएको थियो । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.३ स्थित लंकापुर र ठुलो पडरियाको बिच स्थानमा तिन बिगाहा दश कठ क्षेत्रफलमा सो भवन निर्माण हुन लागेको हो ।
नेपाल सरकार एसियाली विकास बैँक र लुम्बिनी साँस्कृतिक नगरपालिकाको आर्थिक एवं प्राविधिक सहयोग तथा कन्ट्याक्ट बाबुल एनबि जेभि निर्माण व्यवसायीले सो निर्माण गर्ने छ ।

शिलान्यास कार्यक्रममा नगरपालिकाका कार्यवहाक नगरप्रमुख करिपल्ना हरिजन,प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली,उपसचिब हरि प्रसाद ज्ञवाली,पुर्व नगरप्रमुख,उप्रमुख,वडाअध्यक्षहरु,कार्यपालिका सदस्यहरु,पुर्वजनप्रतिनिधिहरुको सहभागीतामा संयुक्त रुपमा प्रशासनिक भवनको शिलान्यास गरिएको नगरपालिकाका समन्वय शाखाका तुल्सीराम लामिछानेले जानकारी दिए ।
नगरपालिकाका कार्यवहाक नगरप्रमुख कल्पना हरिजनले भवन निर्माणका लागी जग्गा दान गर्ने जग्गा दाताहरु प्रति सम्मान प्रकट गर्दै जनअपेक्षा अनुसार प्रशासनिक भवन निर्माण हुने बताईन । समृद्ध नगर बनाउन सबैको साझा संकल्प आवश्यक रहेको भन्दै हरिजनले सबै संग हातेमालो गर्न आह्वान गरिन ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले सबैको अथक प्रयासले स्तरीय प्रशासनिक भवन बन्न लागेको बताईन । प्रशासनिक क्षेत्रबाट जनताले सहज रुपमा सेवा पाएमात्र सिंह दरबारको अधिकार गाउँगाउँमा आएको जनताले महुशस ज्ञवालीले बताईन । नगरपालिका विकासमा मात्र नभई विश्वबाट हेर्ने लायक बनाउन प्रयासरत रहेको बताईन् ।
सो अवसरमा भवन निमार्ण स्थल सम्म जाने बाटोका लागी जग्गा निशुल्क रुपमा उपलब्धि गराउने जग्गादाताहरु मोहम्मद जुबेर मुसलमान,अब्दुल सलाम मुसलमान,जियाउल्लाह मुसलमान,सब्बिर अहमद,हमिउद्धिन फिकर,कमरुद्धिन फकिर,मोहम्मद हारुन मुसलमान लाई सम्मान गरिएको थियो ।