भैरहवा पौष १५/
तमु ह्यूला छोंज धीँ गुरुङ राष्ट्रिय परिषद इकाइ समिति अञ्चलपुरले भब्यताका साथ सिद्धार्थनगर-८ सि आई पथ स्थित ल्हासार भवनको सभाहलमा तमु ल्होसार मनाएको छ ।
तमु सम्बत २६०९ शुभारम्भ अर्थात सप्री ल्हो ( सर्प वर्ग) लाई विदाई र त ल्हो (घोडा वर्ग) को आगमनलाई स्वागत गरि मनाएको हो । "तमु ल्होसार : तमु जातिको लागि जगेर्ना र मौलिक पहिचान ,पुस्तान्तरण सहित समुन्नत साँस्कृतिक सभ्यता हाम्रो अभियान " भन्ने नाराका साथ मनाइएको छ ।
सो अवसरमा शिक्षा क्षेत्रमा लुम्बिनी बौद्ध विश्व विधालय लुम्बिनी बाट स्नातकोत्तर गर्नु भएका सुक माया गुरुङ्ग ,नेत्र विशेषज्ञ समिता गुरुङ ,मनुपा ( जेसिका ) , अभय गुरूङ , बिन्जु लाई सम्मान गरिएको थियो भने त्यस्तै गरि समितिका संरक्षक खडक बहादुर गुरूङले जेष्ठ नागरिक पदम बहादुर गुरूङलाई सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि समाजका जेष्ठ नागरिक पदम बहादुर गुरुङ, विशिष्ट अतिथि तमु ह्यूल छोंज धीँ रूपन्देहीका सदस्य प्रेम बहादुर गुरूङ्ग , तमु नगर समितिका अध्यक्ष देवी गुरूङ ,समाज सेवी भरत पोख्रेल , नेपाल मगर संघ केन्द्रिय अनुशासन सदस्य उमेश थापा "लाटोमगर " , मनोज राना, कुमार के सी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा तमु जातिको मौलिक नृत्य कौरा, झ्याउरे जस्ता गुरूङ साँस्कृतिक झल्किने नृत्य प्रस्तुत गरिएको थियो भने एक दिन अगाडि नगरका सबै तमुहरूले जातीय मौलिक साँस्कृतिक झाकि सहित नगर परिक्रमा गरेको थियो ।
त्यस्तै तमु ल्होसार र अञ्चलपुर समाजको बारे प्रेमु गुरूङ्गले जानकारी गराउनु भएको थियो । कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष कमानसिंह गुरूङले गर्नु भएको थियो भने स्वागत मन्तव्य सुक माया गुरूङले गर्नु भएको कार्यक्रम संचालन ज्योति तमुस्योले गर्नु भएको थियो ।