भैरहवा माघ २४,
देशभरका साइकल क्लबहरुको प्रथम राष्ट्रिय भेलाले नेपाल साइकल महासंघ निमार्ण गर्न तर्दथ समिती गठन गरेको छ ।
सिद्धार्थनगर उद्योग बाणिज्य संघ भैरहवामा सम्पन्न साईकल क्लवहरुको भेलाले साइकल सिटी भैरहवाका अध्यक्ष सुर्यकुमार सारुमगरको अध्यक्षता नौ सदसिय तर्दथ समिती गठन गरेको साईकल सिटि भैरहवाका उपाध्यक्ष थिरेन्द्र श्रेष्ठले जानकारी दिए ।
विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुस्कर शाहको उपस्थितिमा सम्पन्न भेलाले तर्दथ समितीको बरिस्ठ उपाध्यक्षमा जीवनकुमार श्रेष्ठलाई चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा सुनिता गुरुङ , महासचिवमा सतिस निरौला , सचिव रामचन्द्र भट्ट , कोषाध्यक्ष कबि महर्जनलाई चयन गरेको छ । त्यसैगरी सदस्यमा मचाकाजी महर्जन , बिष्णुप्रसाद सापकोटा र अजय श्रेष्ठ रहेका छन् ।
बिभिन्न जिल्लाको जिल्ला प्रशासन कार्यालयमा दर्ता भई आ आप्नौ क्षेत्रमा सकृय रहेका देशभरिका साईकल संस्थाहरूलाई एकताबद्ध गरी अगाडी बढाउने उदेश्य सहित महासंघ गठन प्रकृया सुरु गरएिको तर्दथ समितीका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए । देशभर करिव ४० साईकल क्लवहरु दर्तामा रहेका छन् ।
तर्दथ समितीले छ महिना भित्रमा बिधान निमार्ण गरी नया नेतृत्व चयन गर्ने छ ।