भैरहवा फागुन १०/
निर्वाचन आयोगले फागुन २०, २१ र २२ गते सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको छ।
२१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले तीन दिन सार्वजनिक विदा दिन सिफारिस गरिएको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए।