Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थनगरले तोक्यो भैरहवा क्षेत्रका प्रयोग हुने होटल क्वारेन्टिन तथा आइशोलेशनको दररेट


  • लुम्बिनी चिन्तन
  • बैशाख २१, २०७८ मंगलवार
  • 2.2K
    SHARES

सिद्धार्थनगरले तोक्यो भैरहवा क्षेत्रका प्रयोग हुने होटल क्वारेन्टिन तथा आइशोलेशनको दररेट

भैरहवा । भैरहवा क्षेत्रका होटलहरु क्वारेन्टिन तथा आइशोलेशन सेन्टरको रुपमा प्रयोग हुने भएको छ । 
सिद्धार्थनगर नगरपालिका र होटल व्यवसायीसँग भएको सहमाति अनुसार निश्चित शुल्क लिएर सिद्धार्थनगर क्षेत्रमा रहेका होटललाई अहिलेको उच्च संक्रमणमा प्रयोगमा लिनेगरी सहमति भएको हो । 
कोरोनाभाइरसको नयां भेरियन्ट व्यापकरुपमा फैलिएकाले सो को रोकथाम,उपचार तथा नियन्त्रणका लागि होटल व्यवसायीले नगरपालिकाको समन्वयमा आवश्यक सहयोग गर्ने र व्यवसायीले कार्यान्वयनकालागि प्रतिबद्ध रहने छन ।

नगरप्रमुख हरि प्रसादअधिकारीको अध्यक्षतामा नगरपालिकामा बसेको बैठकले क्वारेन्टिन र आइशोलेशन सेवा वापत लिने निश्चित दररेट पनि तोकेको छ ।  सिद्धार्थ होटल एशोसियसनमा आबद्ध पर्यटक स्तरको होटलमा डिलक्स रुम तर्फ सिंगल बेडरुम र दैनिकचार पटक खाना ३ हजार, डबल बेडरुम र दैनिक ४ पटक खानाप्रति बेड २ हजार, रुममा एसीप्रयोग गरेमा थप ४०० थप हुने गरी दर रेट लिने बैठकले सहमति गरेका छन । 
त्यसैगरी होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनमा आबद्ध होटलहरुले सिगंल बेडरुम र दैनिक चार पटक खाना नास्ता १५ सय, डबल बेडरुम र दैनिक चार पटक खाना नास्ता २५ सय दर कायम गरेको छ ,यस्तै सो मा एसीप्रयोग गरेमा थप ४ सयका दरले शुललने गरी दररेट कायम भएको छ । 
नगरपालिकाको स्वास्थ्य शाखाको समन्वय र नगरपालिकाले सो को व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ । सिद्धार्थनगर क्षेत्र भित्र विपतव् यवस्थापनका लागि २ हजार बेड उपलब्ध गराउन सकिने होटल व्यवसायीहरुले प्रतिबद्धता जनाएका छन ।

होटल व्यवस्थापनका लागि समन्वय गर्नका लागि ३ जनालाई जिम्मेवारी तदिइएको छ । नगरपालिकाबाट वडा अध्यक्ष तथा होटल क्षेत्रका अनुभवी थानेश्वर पौडेल, सिद्धार्थ होटल एशोसियसनबाट रविन्द्र शर्मा घिमिरे र होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनबाट राजेश मोहत्रालाई जिम्मेवारी दिइएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख यादव सापकोटाले जानकारी दिए । बैठकमा नगर उप प्रमुख उमा काफ्ले, प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासिनी, सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठनका अध्यक्ष गणेश बेल्बासे, स्वास्थ्य शाखा प्रमुख पिताम्बार पाठक लगायतको उपस्थिति रहेको थियो ।

यसै विच सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख हरिप्रसादअधिकारीले कोरोना महामारीको बढ्दो अवस्थामा सर्तक रहन सबै नगरबासीमा अपिल गरेका छन । उनले भिम अस्पतालमा थप बेडका लागि पहल भएको बताउदै सिटी अस्पताल, युसिएमएसमा समेत बेड ,अक्सिजन र उपचारमा सहज भुमिकाका लागि पहल भइरहेको बताए । 


  • सम्बन्धित विषय:

  • # सिद्धार्थनगर नगरपालिका

  • लुम्बिनी चिन्तन

    थप समाचार