बुटवल । नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख)बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन् ।
१९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन् । डाँगीले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेर नेकपा माओवादी केन्द्रको उम्मेदवारको पक्षमा उभिएको भन्दै सार्वजनिक भएको थिए। बुधबार प्रदेशसभा सचिवालयमा आएर उनले राजीनामा बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेर दुई तिहाई बहुमतको बर्खिलाप, कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक प्रणाालीलाई नै तहसनहस गरेको, संविधान, विधि र प्रक्रियाको चिरहण गरेको र मुलुभकलाई अस्थरतातर्फ धकेलेको उनले बताएका छन् । कपिपय प्रदेशमा गलत लोकतान्त्रिक संस्कृतिको सुरुवात भएको भन्दै उनले राजीनामा पत्रमा भनेका छन्, ‘उच्च रक्तचापको विरामी राजनीतिक खिचातानीबाट मुक्त भई आराम गर्न चाहन्छु ।’
प्रदेशसभा सचीव दुर्लभ कुमार पुनले प्रदेशसभा सदस्य डाँगीले राजीनामा बुझाएको र सभामुखको निर्देशन अनुसार प्रक्रिया अगाडि बढाएको जानकारी दिए। ‘उहाँले संविधानको धारा १८० को क अनुसार राजीनामा दिनुभएको छ, सभामुखज्युले प्रक्रिया अगाडि बढाउन भन्नुभएको र सचिवालयले प्रक्रिया अगाडि बढाएको छ’, पुनले भने।
मुख्यमन्त्री पोखरेलकै गृह जिल्लाका डाँगीले पोखरेलको साथ छोडी माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा आएको समाचार मंगलबार नै सार्वजनिक भएको थियो । डाँगीले कम्युनिस्ट आन्दोलन र बृहत वाममोर्चाको पक्षमा रहने प्रतिवद्धता समेत जनाएका छन् ।
तर मुख्यमन्त्री पोखरेलको संकट टरेको छैन । डाँगीले राजीनामा दिएपछि एमालेसँग ३८ सांसद छ । जबकी ८९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४० मत चाहिन्छ । लुम्बिनीमा नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । दाङ २ ९ख० बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।
घोराही उपमहानगरपालिकाका पूर्वमेयर समेत रहेका डाँगी यअसघि एमाले भित्र माधवकुमार नेपाल पक्षधर मानिन्थे। एमालेकै प्रदेशसभा सदस्यले दृगनारायण पाण्डेयले राजीनामा दिएका थिए भने तत्कालिन नेकपाबाट प्रदेशसभामा निर्वाचित बिमला वलीले माओवादी केन्द्र रोजेकी थिइन् ।
सूर्य चुनाव चिह्नबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही पनि नयाँ सरकार गठनको पक्षमा उभिएका थिए । तर श्रीवास्तव र शाहीले पोखरेलको पक्षमा फर्किएका थिए । श्रीवास्तव मन्त्री समेत भइसके ।