Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मेयर र उपमेयरले दिए संक्रमित बोक्न आफू चढ्ने गाडी


  • लुम्बिनी चिन्तन
  • बैशाख २३, २०७८ बिहिवार
  • 662
    SHARES

मेयर र उपमेयरले दिए संक्रमित बोक्न आफू चढ्ने गाडी

तिलाेत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर तथा उपमेयरले आफू चढ्ने गाडी संक्रमित बोक्न दिएका छन ।

चढ्ने गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ।

नगरपालिकाभित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजाने प्रयाेजनका लागी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका हुन । तिलोत्तमा नगरपालिकामा हाल आफ्नै मातहतमा दुई वटा एम्बुलेन्स सञ्चालनमा छन् । नगर प्रमुख र उप—प्रमुखले चढ्ने दुई गाडी समेत गरी अब चार वटा सवारीसाधनले कोरोना संक्रमित बिरामीलाई बोक्नेछन् ।

छिटो छरितो रुपमा सेवा दिनको लागि आफूहरुले चढेको गाडी कोरोना संक्रमितको लागि प्रयोगमा ल्याइएको नगर प्रमुख घिमिरेले बताए । आज नगर प्रमुख र उप—प्रमुखले आफूले चढ्ने गाडीको चावी कोरोना फोकल पर्सन केशव भट्टराईलाई हस्तान्तरण गरे ।

कोरोना महामारीको विकराल रुप नहट्दासम्म आफूहरु वैकल्पिक व्यवस्था गरी जनताको सेवामा जुट्ने उप—प्रमुख चौधरीले बताइन् । संक्रमितलाई अन्य साना सवारीसाधनले सजिलै अस्पताल वा आइसोलेशनमा नपुर्याउँदा समस्या बढ्दै गएको पाइएकोले यो निर्णय गरिएको नगर प्रमुख र उप—प्रमुखको भनाइ छ ।

एम्बुलेन्सको अभाव हुन थालेपछि आफू चढ्ने गाडी संक्रमित बोक्न दिएका छाै । नागरिकहरु एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा उहाँहरुकै करबाट किनिएको सरकारी गाडी चढेर हिँड्न हामीलाई नैतिकताले दिएन,’ उनले भने। उक्त गाडीमा सिट र अक्सिजन सिलिण्डर व्यवस्थापन भइरहेको र आजदेखि नै एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याइँने उनले बताए।तिलोत्तमा नगरपालिकाले शंकरनगरमा ४० बेड क्षमताको नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सेवा दिनेगरी आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ । यस्तै वडा नं. ९ मा रहेको सभाहलमा थप ६० बेडको आइसोलेशन गराउने गरी काम अघि बढाएको छ । यस्तै नगरपालिकाले कोरोना संक्रमणको जोखिममा रहेकाहरुको शंकरनगरमा हरेक दिन एन्टिजिन परीक्षण गर्दै आएको छ । आइसोलेशनमा एक चना चिकित्सकसहित नर्सलगायतका स्वास्थ्यकर्मी रहेका छन् ।

तिलोत्तमा नगरपालिकाले विद्यालय नर्स कार्यक्रममा रहेका १२ जना नर्सलाई समेत कोरोना संक्रमितको उपचारमा खटाएको छ । तिलोत्तमा नगरपालिकामा वैशाख १५ यता कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै जाँदा हालसम्म सक्रिय संक्रमितको संख्या झण्डै १३ सय पुगेको छ ।

मेयर बासुदेव घिमिरे लु १ झ ३६० नम्बरको र उपमेयर जगेश्वरीदेवी चौधरीले ३२६ नम्बरको स्कार्पियो गाडी प्रयोग गर्दै आएका थिए। यि दुवै गाडीहरु आजबाट तिलोत्तमाका सर्बसाधारणको उपचारका लागि प्रयोग हुने छन ।


  • सम्बन्धित विषय:

  • # तिलाेत्तमा

  • लुम्बिनी चिन्तन

    थप समाचार