Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

माहामारीमा मनकारी उद्योगी व्यवसायी 

राहतमा जुटे सिद्धार्थ उद्योग वाणिज्य संघका आचार्य, भण्डारी र शर्मा 


  • लुम्बिनी चिन्तन
  • बैशाख २७, २०७८ सोमवार
  • 4.0K
    SHARES

माहामारीमा मनकारी उद्योगी व्यवसायी 

भैरहवा । अहिले अधिकांस उद्योगी व्यवसायी घर घरमा छन, कोही अतिआवश्यक वस्तुको उत्पादन तथा विक्री वितरणमा छन तर रुपन्देहीका केही उद्योगी व्यवसायी यस्तो महामारीको बेला पनि राहतमा जुटेका छन ।

उद्योगी व्यवसायीहरुको हकहितमा लागेको संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ अहिलेको विषम परिस्थित कोरोना भाइरसको माहामारीमा पनि उत्तिकै लागेको छ । संघको टिमले संघ मार्फत संकटमा साथ दिए पनि व्यक्तिगत रुपमा पनि योग्दान गरेका छन । कार्यावाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठको नेतृत्वले भैरहवा स्थित कोभिड अस्पतालमा भिममा २५ थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन ।

सिद्धार्थ उद्योग वाणिज्य संघ सहित  अन्य संघ संस्था पनि सहयोग गरिरहेका छन तर संघका केही मनााकरी यूवा व्यावसायीहरु जोखिम मोलेर माहामारीमा पनि सामाजिक सहयोग गरेका छन । सामूहिक रुपमा संघ मार्फत सहयोग गर्नुका साथै संघका पदाधिकारी र कार्यसमिति सदस्यले व्यक्तिगत रुपमा पनि उत्तिकै साथ दिएका छन । संघका उपाध्यक्ष नेत्र आचार्य र कार्यसमिति सदस्य मंगल भण्डारी एम्बुलेन्सको रुपमा आफ्नो सवारीसाधन प्रयोग गरी सहयोग गरेका छन भने अर्का कार्यसमिति सदस्य धर्मविर शर्मा दैनिक कमाएर खाने बर्गलाइ हातमुख जोडन गा¥हो भएकोलाई छोरा सहित स्कुटरमा घर घरमा राहत पु¥याइरहेका छन । 

drambir.jpg

हुन त यस अघिका निषेधाज्ञा(लकडाउन) हुदा उद्योगी व्यवसायीले उत्तिकै राहत दिएका थिए । संक्रमित विरामी बोक्न नामानेको अवस्थामा मंगल भण्डारीले नै आफुले प्रयोग गर्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरेका थिए । त्यो अवस्थामा धेरैले राहत बाढेपनि अहिले भने खासै राहत बढ्नेको चर्चा छैन । पहिला पनि बढि संक्रमण क्षमता रहेको अहिलेको नयाँ भेरिन्टको भाइरसले छिटै नै संक्रमण बढाउने, संक्रमितलाई सिकिस्त बनाउने र  मृत्युको पनि उच्च जोखिम रहेकोले राहत बाढ्नेहरु देखिएका छैनन । यस्तो अवस्थाको बावजुद पनि उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य शर्मा छोरा सहित राहत सामाग्री बोकेर घर घर पुगिरहेका छन ।

एउटा मास्कको बलमा बुआ र छोरा भई लकडाउनका कारण काम गर्न नसकी दैनिक कमाएर खाने बर्गको हात मुख जोड्ने काम गरिरहेका छन । दाल, चामल, तेल, स्वास्थ्य सामाग्रीहरु माक्स र सेनिटाइजर राखेर उनले समस्यामा परेकालाई उपलब्ध गराउँदै आएका छन् । महामारीले धेरैको ज्यान लिइसक्यो, कैयौं अस्पतालको बेडमा छट्पटाइरहनुभएको छ तर यस्तो बेला तल्लो वर्गका नागरिक खान नपाएर मर्ने अवस्था नआओस भनेर मैले खाद्यान्न सहयोग गरिरहेको शर्माले भने

आफ्नो व्यक्तिगत खर्चमा उनीहरुको परिवारलाई खाद्यान्न सामाग्री मात्र होइन भैरहवा क्षेत्रमा क्रियाशिल रहेका पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लबलाई पनि सहयोग गरेका छन । अग्रपङ्तीमा रहेर समाचार संकलन गर्ने कर्मीहरुलाई स्वास्थ्य सुरक्षाका लागि भन्दै उन्को आफ्नै फर्म कर्म स्टोरबाट माक्स र सेनिटाइजर सहयोग गरेका छन । शर्माले स्वतस्फुर्त रुपमा संकटका बेला फ्रन्टलाइनर पत्रकारहरुलाई सहयोग गरेका हुनं ।


त्यस्तै संघका द्वय आचार्य र भण्डारी पनि संक्रमितहरु बोकेर एम्बुलेन्सको काम गरिरहेका छन । अहिलेको महोलमा संक्रमित हेरेर पनि टाढा जाने बेला यी दूई व्यवसायी विरामीलाई अस्पताल लैजान÷ल्याउनमा लागेका छन । भनेको बेला एम्बुलेन्स पाइँदैन, निजी सवारीले चर्को शुल्क लिने भएपछि संकटमा केही गरौ भनेर उनीहरु पनि संक्रमितलाई एम्बुलेन्सको सुविधा दिइरहेका छन । भण्डारी यस अघिको लकडाउनमा पनि साथ दिएका थिए त्यसैलाई निरन्तरता दिएका छन भने उपाध्यक्ष आचार्यले पनि गत साता देखि आफ्नो निजी गाडीलाई कोभिड एम्बुलेन्सकारुपमा प्रयोग गर्न सुरु गरेका छन् ।

भण्डारीले विगत लामो समयदेखि आफ्नो निजी गाडीलाई कोभिड एम्बुलेन्सका रुपमा प्रयोग गर्दै सहयोग गरेका छन । पछिल्लो महामारी यता धेरैले एम्बुलेन्स पाइने मलाई अस्पताल पुर्याइदिन पर्यो भनेर फोन गरे, अरुलाई भन्दा पनि आफै संक्रमितलाई गाडीमा राखेर अस्पताल लैजान्छु, भण्डारीले भने,

mangal.jpg

अस्पताल जान नपाएर कसैको ज्यान न जाओस भन्दै आफ्नो निजी गाडीलाई कोभिड एम्बुलेन्स बनाएर निरन्तर संक्रमितलाई ओसार्ने काम गरेको छु, अहिलको भाइरसले एकैछिनमा अक्सिजन लेबल कम गर्ने भएकोले गाडीमा अक्सिजनसहित सिलिण्डिर पनि राखेको उनी बताउछन 
संक्रमितलाई अस्पताल लैजान सुरु गरेका अचार्यले भने अहिलेसम्म दर्जनौँ संक्रमितलाई मृत्युको मुखबाट जोगाएको बताए । अक्सिन नपाउने, बेड अभाव उस्तै छ, तर कसैको पनि अस्पतालसम्म पुग्न नपाएर ज्यान जोखिममा नपरोस् भनेर मैले मेरो निजी गाडीमा निःशुल्क संक्रमित बोकिरहेको छु । आचार्यले भने 

विहान साझ नदेखेर जति बेला हुन्छ म तयार हुन्छु, कति जनालाई पु¥याए तर अहिले सम्म कसैसँग फोटो खिचेको छैन, निस्वार्थ सेवा भावले यो महामारीमा जति हुन्छ जसरी हुन्छ सहयोग गरिरहेको छु चाहे संस्थागत होस या व्यक्तिगत । 
सरकारले गर्ला र हुन्छ भन्नु भन्दा आफु जे जसरी सहयोग गर्न सक्छौ अगाडि बढौ, निजी क्षेत्रले नै सरकार धानेको छ । महामारी र संकटको बेला नगरेर कहिले गर्ने ?


थप समाचार