Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

राेटरीद्वारा सिद्धार्थनगर नगरपालिकालाई स्वास्थ्य उपकरण तथा सामाग्री प्रदान


  • लुम्बिनी चिन्तन
  • जेठ ७, २०७८ शुक्रवार
  • 1.4K
    SHARES

राेटरीद्वारा सिद्धार्थनगर नगरपालिकालाई स्वास्थ्य उपकरण तथा सामाग्री प्रदान

भैरहवा । रोटरी क्लब अफ भैरहवा र रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले  संयुक्त रुपमा सिद्धार्थनगर नगरपालिकालाई स्वास्थ्य उपकरण तथा सामाग्री प्रदान गरेका छन । 

द्वय क्लबले हिमालयन डिस्टिलरीको सहकार्यमा ३ थान अक्सिजन कन्सन्ट्रेटर, ४० थान पिपिई, ३ थान अक्सिमिटर, ३ थान अक्सिजन रेगुलेटर नगरपालिकाका प्रशासकिय अधिकृत तुल्सीराम मारासिनीलाई हस्तान्तरण गरेका हुन । डिस्ट्रिक ३२९२ ट्वन्टी जोनका असिस्टेन्ट गर्भनर तथा रोटरी क्लव अफ भैरहवाका सस्थापक अध्यक्ष राजकुमार गुप्ताको आतिथ्यतामा उक्त सामाग्री नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्था तथा आइशोलेशन सेन्टरमा थप सहजताका लागि प्रदान गरिएको हो । 

सामाग्री  बुझदै नगरपालिकाका प्रशासकिय अधिकृत मारासिनीले  बर्तमान समयमा अक्सिजन सिलीण्डर ग्यासको अभाव भएको समयमा यो मेशिनले राहत पुग्ने र काेभिड न्युनिकरण ठूलाे भुमिका खेल्ने जनाउदै सहयोगका लागि आभार व्यक्त गरे । अहिले अक्सिजन अभाव भइरहेके समयमा अटोमेटिक रुपमै अक्सिजन उत्पादन गर्ने कन्सनट्रेटरबट श्वासप्रश्वासकाे समस्या रहेका संक्रमितलाइ धेरै सहज हुने बताए । 

अक्सिजन अभावकै कारण कसैकाे अकालमा ज्यान नजाअाेस भन्दै अक्सिजन पाउन संघर्ष गरिरहेका कोरोना संक्रमितलाई सहयोग पुग्ने हेतुले मेसिन उपलब्ध गराएके क्लबका सस्थापक अध्यक्ष  गुप्ताले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ भैरहवाका तर्फबाट संजीब शर्मा रेग्मी, शैलेश कुमार पन्त र रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका तर्फबाट खेम कार्की, जितेन्द्र नाथ शर्मा, वडा अध्यक्षहरु राजन जंग राणा करुन्जन श्रेष्ठ, सतीस मरासिनी, चेत बहादुर क्षेत्रीको उपस्थिति रहेको थियो । 
हिमालयन डिस्टिलरीले यस अघि पनि क्लब मार्फत नगरपालिकालाई ३ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको थियो ।


  • सम्बन्धित विषय:

  • # सिद्धार्थनगर नगरपालिका

  • लुम्बिनी चिन्तन

    थप समाचार