Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लिचीमा लाग्ने राेगकाे निराकरण गर्न पुगेन राज्यको आँखा


  • लुम्बिनी चिन्तन
  • जेठ ८, २०७८ शनिवार
  • 1.6K
    SHARES

लिचीमा लाग्ने राेगकाे निराकरण गर्न पुगेन  राज्यको आँखा

रुरु, गुल्मी ।   पाेहाेर बर्षै भरि पानी परेपछि नेपालकै एकमात्र लिचि गाउँकाे रुपमा परिचित रुरुक्षेत्र एकका लिचि किसान हरुले उत्पादन नै लिन पाएनन मौसम चिसाे भएपछि १० प्रतिशत लिची फल्याे र त्यहि उत्पादन बेच्न पनि काेराेनाकाे महामारीले राेक्याे ।

यश वर्ष लिचीकाे फुल खेल्ने बेलामा मौसम राम्रै परेपनि बैशाखकाे पहिलाे पहिलो हप्तामा परेकाे असिनाले करिब २५ प्रतिशत लिचिलाइ नाेक्सानि गरेपनि लिची उत्पादन राम्रै हुने अाँकलन यहाँ किसानले गरेका छन तर बिडम्बना लिची पाक्ने बेला नजिकिँदै अाउँदै गर्दा नया भेरिएन्ट सहितका काेराेनाकाे सँक्रमणले रुरुक्षेत्र १ का लिचीकिसान हरुकाे लिचि रुखमै कुहिने निश्चित छ ।

जतिजति लिची पाक्ने समय नजिक अाउँदैछ उत्ति काेराेना फैलिँदैछ र लकडाउनका कारण अवागमन बन्द छन । च्यूरेकी लिचीखपत हुने बलेटक्सार रिडी लगाएतका बजार हरु सुनसान छन र काेरानाकाे याे सँक्रमण दरलाइ हेर्दा लकडाउन अझै लम्बिने निश्चित छ । मौसमकाे प्रतिकुलतामा लिची नफलेपछि पाेहाेर साल लिचिगाउँ च्यूरेकमा हरेक असारमा लाग्ने लिची महाेत्सव प्रभावित बन्याे र याे वर्ष पनि काेराेना सँक्रमणकाे असरले लिची महाेत्सव हुन सक्ने बाताबरण देखिदैन ।

याे वर्ष फल्न त लिची राम्रै फलेकाे छ तर काेराेनाका कारण लिची बुटैमा खेरा जाने भए कहाँ लगेर बेच्ने बजार सबै बन्द छन लाखौँ उत्पादन कुहेर जाने भयाे रुरुक्षेत्र १ मा सबै भन्दा बढि लिची उत्पादन गर्ने याे क्षेत्रकै लिची अभियन्ता कृष्ण बाहादुर विश्वकर्मा गुनासाे पाेख्नु भयाे । लिची गाउँमा कति लिचीका बाेट छन र कति राेपनीमा लिची लगाइएकाे छ कति टन वार्षिक लिची उत्पादन हुन्छ भन्ने तथ्यांक कसैले राखेकाे छैन न प्राेफाइल नै तयार छ तर पनि हरेक घरमा दुइचार वटा लिचीका बाेट भने छन । यश क्षेत्रका लिची उत्पादक कृषक हरु लामाे समय देखि लिचीमा लाग्ने राेग हरुबाट जुधिरहेका छन ।पाके पछि भेट्नाे कुहिने राेग त लामाे समय देखि छँदैछ तर केही समय देखि पात बाउँडिने र सुक्ने राेगले लिची उत्पादनलाइ असर गरेकाे छ ।

हरेक लिचीका रुखमा याे राेग छ । यश क्षेत्रमा घरघरमा लिचीलाई सिँचाइ गर्न अनुदानका केहि घैँटा बनेका छन ,एक घरमा एउटा लिची ढाक्न केही घरमा जाली टाँगिएको छ तर लिचीमा लाग्ने राेगका बारेमा किसानलाई सचेतना भने दिने गरेकाे पाइँदैन । लिची ब्लक स्थापना गरिए पनि न सरकारी अनुगमन छ न लिचीमा लाग्ने राेगकाे बारेमा कुनै तालिम र गाेष्टीनै अायाेजना गरिएकाे छ । कुनै पनि अायाेजनालाइ ब्यबस्थित गर्नका लागि राज्यले गरेकाे लगानिकाे अनुगमन निरिक्षण लिची किसानका समस्याकाे पहिचान र निवारण मा राज्य र स्थानिय तह सँवेदनशिल नभए च्यूरेकी किसान हरुले लिचीका बाेट फाँडेर बैकल्पिक खेति राेज्न बाध्य हुनेछन ।


लुम्बिनी चिन्तन

थप समाचार