कृष्ण अन्जान /रुरु । बाबू बाजेकाे थातथलाे मा मात्र तीन राेपनि जग्गा ,तर त्यहि जग्गा यदि सहि व्यवस्थापन हुन सक्याे भने लाखौँ अाम्दानि गर्ने थलाे बन्न सक्छ ।
रुरुक्षेत्र ३ थानपतिकाे फेक्लदि गाउँका लेखनाथ गौतम यतिवेला त्यहि तीन राेपनी जग्गामा सुन फलाउने सफल किसान हुनुहुन्छ । पहिले परम्परा वादी कृषि प्रणाली अँगालेका लेखनाथ गौतम बीस वर्ष देखि थाेर्गेली टमाटरका ब्रान्ड बन्नु भएकाे छ ।हरेक बर्ष सयौँ क्विन्टल टमाटर उत्पादन गरेर नजिक का बजारमा पुर्याउँदै अाउनु भएका लेखनाथ गौतमले अाफ्नाे कृषि कर्मकाे पहिलाे राेजाइ टमाटरलाइ बनाउनु भयाे । त्यहि बाउबाजेकाे तीन राेपनिमा कुनै बेला बाईस वटा सम्म टनेल बनाएर टमाटर खेति लाई व्यवसायीक बनाउनु भएका लेखनाथ का हाल प्रति टनेल ४५ हजार खर्च गरेर बनाएका ३ वटा पक्कि टनेल छन र तिनै टनेल भित्र वहाँका परिश्रम पाखुरा बजारिन्छन । जीबनका ६ दशक पूरा गर्न लागेका लेखनाथ गौतमलाइ थकाइ पटक्कै लाग्दैन ।
माौसमी र बेमौसमी तरकारी समेत लटरम्मै फलाउने गौतमकाे जग्गामा बाह्रै मास एउटा न एउटा जातकाे तरकारी त फलेकै हुन्छ । टमाटरका ब्रान्ड नै बनेका लेखनाथले वर्षै भरि बन्दा काउली सिमी घिरम्ला काँक्रा लगाएतका तरकारी उत्पादन गरेर बार्षिक लाखौँ अाम्दानि गर्दै अाउनु भएकाे छ । यहि पेशाे हाे बरै पेट पाल्ने छाेराछाेरी पढाउने अरु घर खर्च धान्ने ,जागिर खाइएन लाहुरे भइएन यहि बाउबाजेकाे छालामा खनखाेरस गरेर दुखजिलाे जिन्दगी चल्दैछ लेखनाथ गौतमले भन्नु भयाे ।
याे वर्ष पनि पाँचवटा टनेल मा करिब सात सय बाेट टमाटर छन समयले साथ दियाे भने ३ लाख सम्मकाे टमाटर बेच्ने लक्ष छ गौतमले भन्नु भयाे । पटकपटक विभिन्न कृषि सँम्बन्धि तालिम गाेष्टीमा भाग लिइ सक्नु भएका लेखनाथ गौतमका लागि कृषि प्रयाेजनमा अाफ्नै परम्परागत प्रविधिले काम गरेकाे मात्र छैन उत्पादन पनि साेँचे अनुरुप भएकाे छ । अहिले सम्म विमशारी सिर्जना हिमसाेना जातका टमाटरकाे उत्पादन अत्यधिक हुने गरेकाे गौतमकाे भनाइ छ ।
नजिकका बलेटक्सार रिडी रानीवास लगाएतका बजार हरुमा अाफ्नाे टमाटरकाे माग छ तर भने जति पुर्याउन नसकेको गौतमले बताउनु भयाे । अरु तरकारी त पैचाे पसलमा लाने गरेपनि टमाटर भने स्थानिय बजारमा खपत भएकाे वहाँकाे भनाइ छ । थाेपा सिँचाइ नेट जाली लगाएत कृषिका सवै अवयव हरुकाे व्यवस्थापन गरिसक्नु भएका लेखनाथ गौतमलाइ अापनै छाेरी पवित्रा गौतम कृषि प्राविधिक अध्ययन गरि रुरुक्षेत्र गाउँ पालिका मा कृषि प्राविधिककाे जागिरे भएपछि कृषि कार्यमा झन सजिलाे भएकाे छ ।
सायद बाबू चौविसै घण्टा कृषि पेशामा धसिएकाे देखेर हाेला छाेरीले पनि कृषि प्राविधिक अध्ययन गरिन घरमै कृषि विज्ञ भएपछि त झन सल्लह लिन सजिलाे भाछ गौतमले भन्नु भयाे । एक दुई पटक सरकारी अनुदान र भौतिक सामाग्रीकाे सहयाेग प्राप्त भएपछि झनै उत्साहित बन्नुभएका लेखनाथ गौतम पछिल्लोपटक प्रदेश सरकारबाट हरित स्वयंसेवकमा समेत मनाेनयन हुनु भएकाे छ । रुरुक्षेत्रकै गनिएका किसानकाे रुपमा स्थापित लेखनाथ गौतमबाट व्यवसायीक कृषि लाग्ने नयाँ पिढीले धेरै सिक्नु पर्ने देखिन्छ ।