Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

फाेहर व्यवस्थापनकाे समस्यासँग जुध्दै रुरुधाम , विष वग्छ पानीमा


  • लुम्बिनी चिन्तन
  • जेठ २३, २०७८ आइतवार
  • 2.5K
    SHARES

फाेहर व्यवस्थापनकाे समस्यासँग जुध्दै रुरुधाम , विष वग्छ पानीमा

कृष्ण अन्जान / रुरु ।  विश्व वातावरण दिवसमा विविध कार्यक्रम भईरहँदा नेपालकै पवित्र धार्मिक तिर्थ स्थल रुरुधाम भने फाेहर व्यवस्थापनकाे समस्या सँग जुधि रहेकाे छ ।

पश्चिमी तर्फ बाट बगेर अाउने रिडी खाेला हाेस या कालिगण्डकी फाेहर विसर्जन गरिए पछि विष बाेकेर बग्ने गरेकाे कसैबाट लुकेकाे छैन । रिडी खाेलामा अर्घाखाँचि देखि फालिएका फाेहर बग्दै रिडीमा अाउने र कालिगण्डकी नदिमा मिसिन्छ भने डम्पिङ साईट काे अभावमा रिडीबासि हरुले पनि फाेहर रिडीखाेलाकै बगरमा फाल्न बाध्य हुन्छन ।

रुरुधाम बाट बग्ने रिडीखाेलाकाे किनारमा प्लास्टिकमा पाेका पारिएर फालिएका फाेहरका डँगुर अहिले पनि देख्न सकिन्छ ।यहि फाेहाेर खाेलाकाे पानीमा बगेर कालिगण्डकी नदिमा पुग्छ र नदिकाे पानी प्रदुषित हुन्छ । खाेलामा फाेहर फाल्नु त रिडी वासिकाे वाध्यता हाे डम्पिङ साईट छैन खाेलाकाे छेउँमा फाल्याे खाेलाे वढेपछि बगाउँछ अहिले त यहि रिडीखाेलाे नै डम्पिङ साईट मा परिणत भएकाे छ रिडी बजारका समाजसेवि अजित श्रेष्ठले भन्नु भयाे ।

रिडीकाे फाेहाेर डम्पिङ गर्न रुरुधाम देखि टाढा व्यवस्थित डम्पिङ साईट निर्माण गर्नु पर्ने अावस्यकता छ पाेहाेर साल त बजेट पनि अाएकाे हल्ला थियाे तर के भयाे थाहा भएन श्रेष्ठले भन्नु भयाे । यतिबेला रुरुक्षेत्रकाे बृहतर विकासकाे काम भईरहँदा रुरुधामलाई स्वच्छ सफा र सुन्दर बानउन डम्पिङ साईड का लागि स्थानिय वासिहरुकाे चासाे विशेष रुपमा हुनुपर्ने देखिएकाे छ ।

यहि रिडीखाेलाकाे पानीमा फाेहर मिसाईए पछि रिडी खाेलाका जलचर हरुकाे विनास भएकाे छ । भट्कुवाकाे मस्यौदि देखि तल त रिडीखाेलामा कुनैपनि जलचर पाउन छाडिएकाे रिडी बजारका केही बुद्धिजीवी हरुकाे भनाई छ ।

मुख्यतः प्लास्टिकका पाेका हरुमा फालिएका फाेहर प्लास्टिक सँगै खाँदा यसक्षेत्रमा छाेडिएका बसाहा तथा गाईलाई समेत असर गरिरहेकाे र बिरामी गाईकाे व्यवस्थापन गर्न अप्ठ्याराे पर्न सक्ने रुरुधाम नजिकै तानसेन नगरपालिका वडा न १४ कुसेनीमा गौशाला निर्माणमा जुटिरहनु भएकी सँरक्षण कर्मी राजु मल्लले बेलायत बाट चिन्ता व्यक्त गर्नु हुन्छ । कुनै पनि ठाउँकाे सभ्यता त्यहाँकाे स्वच्छताले निर्धारण गर्छ । रुरुधाम त झनै स्वच्छ रहनु पर्छ र स्थानिय वासिहरुकाे प्रयासले मात्र याे सम्भव छ ।


  • सम्बन्धित विषय:

  • # गुल्मी

  • लुम्बिनी चिन्तन

    थप समाचार