भैरहवा । सिद्धार्थनगर नगरपालिका वडा न.५ले वडाका विपन्नमतदाता घरधुरीलाई स्वास्थ्य सामाग्री वितरण शुरु गरेको छ ।
कोरोना महामारीबाट बच्नकालागिआवश्यकपर्ने सर्जिकल सहितकास्वास्थ्यसामग्रीवितरण शुरु गरेको हो ।
वडाका विभिन्नशिर्षकमा रहेको बजेटलाई खर्च गर्ने परिस्थिति नरहेको भन्दै वडाबासीको जिउज्यानको सुरक्षा नै पहिलो प्राथमिकता रहेको वडा अध्यक्ष चेत बहादुर क्षेत्रीले बताउनु भयो । वडाका २ सय विपन्नमतदाता घरधुरीलाई ५ लाख बराबरका स्वास्थ्यसामाग्रीवितरण गर्न लागिएको वहांले बताउनु भयो ।
जसमाजिंकट्याबलेट,क्यालसियमट्याबलेट,मल्टी भिटामिन ट्याबलेट,भिटामिन सी,ह्याण्ड स्यानेटाइजर,सर्जिकलमास्क,हेण्डवास र हर्लिक्स वितरण गर्न लागिएको अध्यक्ष क्षेत्रीले बताउनु भयो । वडा न. ५ मा रहेको नगरको पुरानो विद्यालय भैरहवानमुनाउच्चमाविकाविद्यार्थी,शिक्षक र कर्मचारीलाई पनि १ लाख बराबरको मास्क,हेण्ड सेनेटाइजर आज हस्तान्तरण गरिएको थियो ।
वडा न. ५ का वडा अध्यक्ष क्षेत्रीले विद्यालयव्यवस्थापन समितिकापुर्व अध्यक्ष नारायण प्रसाद अग्रवाल र प्राचार्य चुन्न प्रसाद पाण्डेलाई सो सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
विकास भन्ने कुरा बाटो घाटो निर्माण मात्रनभएर स्वास्थ्यपनि रहेको भन्दै सहभागीले खुशीव्यक्त गरेका थिए ।