दाङ । दाङको तुलसीपुरमा गोली प्रहार भएको छ । तुलसीपुर उपमहानगरपालिका ८ अस्वारा स्थित गहते खोलामा कुलोको बिषयमा बिबाद हुदा स्थानिय एक युवाले गोली चलाएका हुन्। गोली प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । तुल्सीपुर उपमहानगरपालिका - ८ टिकरीमामा कुलो नाप नक्सा गर्ने क्रममा अमिनसँग विवाद हुँदा स्थानिय पूर्णबहादुर ओलीले गोली चलाएका हुन्। गोली भने कसैलाई नलागेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ।
गोलीप्रहार गरेर मोटरसाइकल चढेर भागेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए। उनले भारतबाट पेस्तोल ल्याएको बुझिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए।
शुक्रबार दिउसो सवा १२ बजेतिर पेस्तोल चलाएर रा २ प ६७९२ नम्बरको मोटरसाईकलमा भाग्दै गरेको अबस्थामा पक्राउ परेका हुन । उनीसहित भाग्दै गरेको मोटरसाईकल चलाईरहेका तुलसीपुर ८ टिकरीका २१ बर्षिय आकाश चौधरीलाई पनि पक्राउ गरिएको छ। प्रहरीले पेस्तोलसहित ६ राउन्ड गोली पनि बरामद गरेको छ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।