कृष्ण अन्जान / रुरु । पवित्र रुरुधाम इतिहासको कालखण्डबाट छाडा गोरु बसाहा ढल्किँदै हिँड्ने क्षेत्र ।
कुनै जमाना थियो रिडीबजार बासि हरुले बसाहा आफ्नो घरमा आएर घरमा पाकेको मिठो चोखो नख्वाइ गाँसै बस्दैनथे ।वसाहा सँगै गौमाता समेत पनि रुरुधाममा प्रसस्त हुन्थे र हिन्दु मान्यता अनुरुप बसाहा भगवान शिवको बाहन र गाईलाई गौमाताको रुपमा पुजापाठ हुन्थ्यो ।
जमाना फरक थियो बसाहा हरु बजारमा ढल्कँदै हिड्थे बजार भित्र बसाहा नहिँडेको दिन खल्लो हुन्थ्यो हामिले खानेकुरा पेटिमा राखि दिन्थ्यौँ र बसाहा र गौमाताले आएर खान्थे रिडीबजारका जीवन कसजुले बिगत सम्झनु भयो ।
तर समय यसरी बदलियो कि रिडीवासि हरुका लागि बजारमा छाडिएका गाई गोरु यतिवेला समस्या बनेका छन ।
धार्मीक मान्यता भन्दा पनि रिडी लाई बुढा गाई गोरुको डम्पिङ साईड बनाईएको छ र जवान गोरुलाई जोत्दा सम्म जोताउने ,थन बाट आउन्जेल गाईका थन तान्ने र काम नलाग्ने भएपछि रिडीबजारमा लगेर छाडा छाड्ने चलन शुरु भएपछि यतिबेला रुरुक्षेत्र गाई गोरुको आतँकले पिडित छ।
आँखा चिम गर्न हुन्न बेच्न राखेका फलफुल तरकारी अन्न पात जे मा पनि गाईले मुख गाडि हाल्छन रिडी बजारकि मिना श्रेष्ठले भन्नु भयो । दुउसोमा बगर साँझमा बजार र रातिका किसानका बारिमा लपक्कै गाई पसेर अन्नपात खान थालेपछि गाई माथि साँघातिक हमला भयो धेरै गाई हरु घाइते पनि बने ।
वर्ष भरि खाने खेतिमा गाईले रातभरि रजाइँ गर्न थालेपछि किसानका बर्मण्डी तात्नु स्वाभाविक थियो तर घाईते हुने गरि गाई गोरु माथि साँघातिक हमला पछि गाई गोरु माथि पनि हिँसात्मक व्यवहार भयो र गाई गोरु झन समस्यामा परे ।
कतिपटक आफुले खुट्टामा धारिलो हतियार प्रयोगले घाउलागेका गाईको मलम पट्टि गरेको तितो यथार्थ सुनाउँनुहुन्छ स्थानिय रिडी माध्यमिक विध्यालयका विध्यार्थी सुजल रायमाझी ।
मानव र गाई गोरु बिचको यहि लडाइँमा गाई गोरुको सँरक्षण गर्नु पर्छ भन्ने सोँचका साथ केही अभियन्ता हरु रिडीमा देखा परे ।
रुरुधामको अर्गली क्षेत्रका स्थायी वसोवास भई हाल लण्डनमा बस्दै आएकी राजु राणा मल्ल गाई सँरक्षणका लागि रुरु गौसेवा आश्रम को निर्माणको पहल शुरु गर्नु मात्र भएन वहाँको सोँचाईले मुर्त रुप दिने बेला आएको छ ।
गाई सँरक्षणका अभियन्ता शँकर गिरीले गौशाला निर्माणको कार्यमा राजु राणा मल्ल लाई साथ दिएपछि अब केही दिनमै रिडी बजारमा दुखजिलो जीवन जिउने करिव असि भन्दा माथिको सँख्याका गाई गोरुहरु सँरक्षित हुनेछन ।
तानसेन नगरपालिकाको वडा न १४ कुसेनीमा सुविधा सम्पन्न गौशाला निर्माण सम्पन्न भई छिट्टै गाई गोरुको स्याहार सँभार र सँरक्षणमा हाम्रो प्रयासले मुर्त रुप पाउने छ गौ सँरक्षणका क्षेत्रमा खटिनु भएका अभियन्ता शँकर गिरीले भन्नु भयो । विदेशमा बसेर पनि गौ सँरक्षणमा सधै चिन्तित राजु राणमा मल्ल यतिवेला आफ्नो अभियान सफल हुन लागेकोमा मनै देखि खुशि हुनुभएको छ ।
बिदेशमै बसेपनि आफ्नो देशमा केही गरौँ भन्ने भावना म भित्र थियो मेरै माईति र कर्म क्षेत्र भित्र देखिएको गाई गोरुको पिडाले मलाई गौशाला निर्माण गर्ने उत्कट इच्छा जाग्यो सबैको सहयोगले यो कामले साकार रुप लिन लागेको खुशि लागेको छ रुरु गौसेवा आश्रम का अध्यक्ष समेत रहनु भएकी गौसँरक्षण अभियन्ता राजु राणा मल्ल ले भन्नु भयो ।
विभिन्न व्यक्ति सँघ सँस्थाबाट सँकलित करिब बीस लाखको लागतमा निर्माण भएको यो गौशालामा राखिने गाई गोरुका लागि घास दाना यहि क्षेत्रका किसान हरुबाट आपुर्ति गरिने छ भने गौमुत्र सँकलन समेत गरि गौ मुत्रबाट आयुर्वेदिक अौषधिको अनुसन्धान समेत गौशालामा हुनेछ ।
यो गौशाला निर्माण र सँचालन सँगै रिडी क्षेत्रका गाई गोरुको सँरक्षण मात्र हुने छैन कि मानव र गाई गोरु बिचको कटुताको अन्त्य हुनेछ भने रुरुधाम वासिलाई दुख दिने गाई गौशालामा सँरक्षित भएपछि सबैका लागि पुज्य हुनेछन ।