Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

निषेधाज्ञालाई निरन्तरता दिने वा स्वरुप परिवर्तन गर्नेबारे छलफल


  • लुम्बिनी चिन्तन
  • जेठ ३०, २०७८ आइतवार
  • 964
    SHARES

निषेधाज्ञालाई निरन्तरता दिने वा स्वरुप परिवर्तन गर्नेबारे छलफल

भैरहवा । रुपन्देहीमा बैशाख १६ गते देखि जारी निषेधाज्ञालाई निरन्तरता दिने वा मोडालिटी परिवर्तन गर्दै केही खुकुलो बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । 

दोस्रो लहरको कोरोना भाइरस संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले उद्योगी, व्यवसायी, वैकंर्स, सुरक्षा निकाय तथा सरोकारवाला निकाय लगायतसँग निषेधाज्ञाको विषयमा आन्तरिक रुपमा रायसुझाव लिइरहेको हो । 

आगामी दिनमा के कसरी जाने भन्ने विषयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले विभिन्न पक्षसँग रायसुझाव लिएका छौ । थपिएको निषेधाज्ञा जेठ ३१ सम्म जारी छ, संक्रमण दर घटेपछिको अवस्थामा निषेधाज्ञाको बारेमा कस्तो निर्णय लिने भनेर प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले विभिन्न पक्षसँग छलफल थालेका हुन् । 

आइतबार आन्तरिक छलफल गरेर सोमबार हुने डिसीसीएमसी बैठकबाट आदेश जारी हुने  जिल्ला प्रसासन कार्यालय रुपन्देहीका सुचना अधिकारी जनक थापाले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार