Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

८२ लाख बढी मुल्यको फलाम ट्रेलर सहित बरामद 


  • लुम्बिनी चिन्तन
  • आषाढ २, २०७८ बुधवार
  • 1.4K
    SHARES

८२ लाख बढी मुल्यको फलाम ट्रेलर सहित बरामद 

कपिलवस्तु ।  सशस्त्र प्रहरीले कपिलवस्तुको कृष्णनगर नाकामा भारतीय ट्रकमा भित्राइएको ३४ मेट्रिक टन बढीको फलाम बरामद गरेको छ ।

भारत हुदै नेपाल भित्राइएको युपी ५३ सिटी २११९ नम्बरको भारतीय मालबाहक गाडीमा ३४ दशमलव चार सय मेट्रिक टन ४७ एस बिलेट फलाम सहीत गाडी चालक र सह चालक समते पक्राउ परेका हुन । जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका –२ मेनरोड स्थित चेक प्वाइन्टमा सशस्त्र प्रहरी बल, नेपाल  बोर्डर आउट पोष्ट कृष्णनगरबाट बिशेष सूचनाको आधरमा सो फलाम बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले बताए ।

सो गाडीसंगै बर्ष २४ का अंगत कुमार कुशवह र बर्ष ३३ का संजय कुमार कुशवह पक्राउ परेको सशस्त्र प्रहरी उपरिक्षक धु्रव कार्कीले बताए । .८२, लाख ४५ हजार ६३२ बराबरको सामान र दुई जना सवारी चालक र सह चालक सहित नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागी भन्सार कार्यालय कृष्णनगरमा बुझाइएको उनले बताए । उक्त फलाम बिजया स्टील प्रालिको रहेको भन्सार कार्यालय कृष्णनगरले जनाएको छ ।

बिना भन्सार ट्रक सहीत मुल भन्सार कार्यालय हुदै सशस्त्र प्रहरी चेक प्वाईन्ट सम्म पुगे पछि चेकजाकाक्रममा सो फलाम अबैधरुपमा भित्रिएको कुरा पत्ता लागेको थियो । सशस्त्र प्रहरीले भन्सार गरेको कागज नभेटिए पछि सो माल अबैध भएको भन्दै भन्सार चलान गरेको थियोे ।

श्रोत अनुसार भन्सार कर्मचारी र बिजया स्टील उद्योगका बिच सेटिङमा नै सो माल भित्रिएको हो । ‘ एकै पटक तीन चार वटा ट्रकमा माल भित्राउने र अनि एउटा ट्रकको बिना भन्सार माल उद्योग सम्म लग्ने गरिएको थियो ’ उनले भने ‘ नत्र भने त्यति ठुलो ट्रक भन्सार नगरी कसरी आयो ’ ।  

उता भन्सा प्रमुख जर्नादन पौडेलले सो ट्रक सहीत त्यसरी सामान भित्रनुमा भन्सारका कर्मचारीको केही कमजोरी रहेको स्विाकार गरे । उनले अरु २ वटा ट्रक भन्सार यार्ड मै रहे पनि त्यसरी त्यो ट्रक भित्रनु भन्सार कर्मचारीको केही कमजोरीले भएको उनले दाबी गरे । उनले सो ट्रकको पनि प्रज्ञापन पत्र रहेको तर सगै नलगेकोले यस्तो समस्या आएको बताए । नाकामा भन्सार कर्मचारी सिसि टीबी, नेपाल प्रहरी र ट्राफिक प्रहरीको चेक प्वाईन्टलाई छल्दे सो सामान कसरी बाहिरियो यो कुरा भने चासोको बिषय बनेको छ । 
                                                                                                                                                                                             

 


लुम्बिनी चिन्तन

थप समाचार