कृष्ण अन्जान /रुरु । नेपालकै एकमात्र लिचिगाउँ रुरुक्षेत्र गाउँपालिका १ च्यूरेकका लिचि उत्पादक किसान बारिमा लगाईएका लिचिका बोटमा राताम्मै पाकेका लिचि कहाँ लगेर बेच्ने भन्नेमा चिन्तित छन ।
च्यूरेकको ठुलापोखरा पुग्दा राधिका ज्ञवालीले बोटमा पाकेका लिचि देखाउँदै भन्नु भो यो लिचि के गरम कहाँ लगेर बेचम ।
राधिका ज्ञवाली जस्तै च्यूरेकका पाँच दर्जन भन्दा वढि किसानका घरमा पाकेका लिचिको बजार व्यवस्थापन हुन नसक्दा बोटमै कुहिने सक्ने सँभावना बढेको छ ।
न सुकाएर राख्न मिल्ने न अचार बन्ने न भात सित खाम भन्न न अलिदिन राखम भन्न च्यूरेक ठुलापोखरा कि आमा दुर्गा पौडेलले लिचिका दाना तिर हेर्दै मिच्छिनु भयो ।
हुन पनि घरै पिच्छे लिचिका बोट भएको यो गाउँमा किसानले लगाएको लिचि को व्यवस्थापन र बजारीकरण गरिदिने सँस्था छैन ।
स्थानिय रिडी बलेटक्सार नजिकै को बुटवल तानसेन नै यहाँको लिचिको बजार हो तर कोभिडका कारण लकडाउन छ बजार सुनसान छ ।
पोहोर साल लिचि फलेन किन फलेन भन्ने टन्टो यो वर्ष लिचि फल्यो कता बेचम भन्ने टन्टो ,वारि मासेर लिचि लाईयो यहि लिचि बेचेर बेसाहा ल्याएर हातमुख जोरिन्छ कि भनेको यो वर्ष पनि यस्तै भयो लिचिगाउँ च्यूरेकका लिचि अभियन्ता कृष्ण बहादुर विश्वकर्माले गुनासो गर्नु भयो ।
बुटामा लिचि पाकिसके कहाँ लगेर बेच्ने ,कस्को दायित्व हो लिचिको व्यवस्थापन र बजारिकरण गर्ने यस्तै हो भने च्यूरेकका लिचि किसान हरु लिचिका बोरा बोकेर गाउँ पालिका अगाडि धर्नामा जानू पर्ने हुन्छ च्यूरेक जिमिरखर्कका लिचि किसान कृष्ण ज्ञवाली आक्रोश पोख्नु हुन्छ ।
हामिले बजार मुल्य चाहिन्छ भनेका छैनौ एउटा मुल्य तोकेर गाउँपालिकाले लिचि खरिद गरि किसानलाई राहत देओस हामी गाउँ पालिका बाहेक कहाँ आफ्ना व्याथा पोख्न जाने ज्ञवालीले भन्नु भयो ।
यदि लिचि उत्पादन भएपछि यसको बजारीकरण सँकलन र विक्रिको जिम्मा लिने सँस्था छ भने कहाँ छ हैन भने उत्पादित लिचिको बजारीकरण गाउँपालिकाले गरिदिनु पर्छ हैन भने क्षतिको क्षतिपूर्तिको व्यवस्थापन हुनु पर्छ च्यूरेकका समाजसेवी युवराज काफ्ले को माग छ ।
करिब एक शताव्दिको ईतिहास बोक्ने च्यूरेकका लिचि उत्पादक कृषकका लागि बजारिकरणको मुख्य समस्या छ । बजारमा भारतबाट आउने सस्तो लिचिसँग बिगतमा लिचि उत्पादक किसानले प्रतिष्पर्धा गर्न बाध्य थिए तर यो वर्ष कोभिडका कारण लिचि बेच्न पाएनन गाउँका किसान ले ।
शहर बजारमा बस्ने आफन्त छोरीबेटि हरुलाई पाहुर पठाउन पनि लकडाउनका कारण अप्ठ्यारो छ घरकाले खाएर कति सकिन्छ र लिचि कृषक मित्र ज्ञवाली भन्नुहुन्छ ।
लिचि गाउँमा सबैका बारिभरि लिचिका बोट हरु छन ।जेठको अन्तिम तिर लिचि पाक्न शुरु हुन्छ र असारको पहिलो हफ्तामा त लिचि पकिसक्छन र बिक्री गरिसक्नु पर्छ तर यो वर्ष लिचि गाउँका किसान हरु आफ्नो बारिमा पाकेका लिचि बेच्न सक्ने अवस्थामा देखिदैनन तर पनि लिचिलाई बजार सम्म पुर्याई दिन हारगुहार गरिरहेका छन ।