Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनी प्रदेशसभा बैठक २७ गतेसम्मका लागि स्थगित


  • लुम्बिनी चिन्तन
  • आषाढ ९, २०७८ बुधवार
  • 826
    SHARES

लुम्बिनी प्रदेशसभा बैठक २७ गतेसम्मका लागि स्थगित

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक असार २७ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाले एक सूचना जारी गरि आज बस्ने भनिएको बैठक असार २७ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको जनाएको छ । 

आइतबारको प्रदेश सभा बैठक विपक्षी दलहरुले बहिस्कार गरेपछि आजसम्मको लागि स्थगित भएको थियो । आज बैठक सुरु नहुँदै प्रदेश सभा सचिवालयले सुचना टाँस गरि २७ गतेसम्मको लागि बैठक स्थगित भएको जनाएको हो ।  'पूर्व सूचना अनुसार निर्धारित आठ अधिवेशनको दशौं बैठक विशेष कारणवश स्थगित भएकोले आगामी दशौ बैठक माननीय सभामुखज्यूको निर्देशानुसार मिति २०७८ साल आषाढ २७ गते आइतबार दिनको १ः०० बजे बस्ने गरी तय भएको व्यहोरा प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । ’ सूचनामा भनिएको छ । 

प्रतिपक्ष दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका बाबुराम उपेन्द्र पक्ष र जनमोर्चाले सरकार अल्पमतमा रहेको भन्दै पहिला आफ्नो बैधता देखाउन माग गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठक विपक्षीले अवरोध गरे पछि आजसम्मका लागि स्थगित भएको थियो । आजको बैठक पनि विपक्षीहरुले अवरोध गर्ने तयारीमा रहे पछि बैठक स्थगित भएको हो ।


लुम्बिनी चिन्तन

थप समाचार