Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थनगरको बजेट १ अर्ब १८ करोड


  • लुम्बिनी चिन्तन
  • आषाढ १०, २०७८ बिहिवार
  • 1.4K
    SHARES

सिद्धार्थनगरको बजेट १ अर्ब १८ करोड

भैरहवा । सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७८–७९का लागि १ अर्ब १८ करोड ७९ लाखको बजेट पेश गरेको छ । 
संघ र प्रदेश सरकारबाट प्राप्त वित्तिय समानीकरण, सशर्त अनुदान, राजश्व बाडफाट, समपुरक अनुदान, विशेष अनुदान, दातृ निकायबाट प्राप्त रकम र आन्तरिक आय लगायतबाट प्राप्त आयबाट सो बजेट पेश भएको हो । 

चालु आर्थिक वर्षमा संशोधित आयको ७३ प्रतिशत अर्थात  ८१ करोड, १६ लाख ८३ हजार १ सय ९७ रुपैया आमदानी भएकोमा ५१ करोड ५५ लाख ३० हजार ८ सय ४४ रुपैया खर्च भएको छ ।

नगरपालिकाले कोभिड १९ लगायत विपदको रोकथाम, उपचार र नियन्त्रणमा जोड दिने, क्रमागत योजनाहरुलाई सम्पन्न गर्ने, दिगो उवं वातावरणमैत्री हुने गरी आधारभूत शहरी पूर्वाधार निर्माणका कार्यक्रम संचालन गरी आधारभूत स्वास्थ्य सुविधा, शैक्षिक विकास र समावेशी विकासमा टेवा पु¥याउने कार्यक्रम संचालन गर्न प्राथमिकता लिएको छ ।

त्यस्तै  कृषि, पर्यटन, सहकारी जस्ता आर्थिक विकासको क्षेत्रा जोड दिई रोजगारी सृजना र आयआर्जन बृद्धिमा योग्दान पु¥याउने कार्यक्रम संचालन गर्ने, नगरको सौन्दर्यीकरण, सरसफाई, वातावरणीय संरक्षण तथा पर्यावरणीय प्रवद्र्धन कार्यमा जोड दिने, संस्थागत विकास र सुशासन प्रवद्र्धनमा जोड दिई नागरिक मैत्री सेवा प्रवाह गर्नेलाई प्राथमिकतामा लिएको छ ।

प्रथमिकतालाई कार्यान्वयन गर्न संघीय सरकार, प्रदेश सरकार र दातृ निकायहरु, निजी क्षेत्रसँग सहकार्य र समन्वय गर्ने नगर उपप्रमुख उमा काफ्लेले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा उल्लेख छ । 

नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा कोभिडका कारण सम्पन्न हुन नसकेका योजनाहरुलाई क्रमागतमा राखी टेण्डर बमोजिमको काम गर्न ६ करोड, दरखस्वा पार्क निर्माणका लागि प्रदेश सरकारको समपुरक अनुदान १ करोड सहित २ करोड बजेट विनियोजन गरेको छ । नगरपालिकाको १३ वटै वडाका लागि ८ करोड २० लाख पूर्वाधार अर्थिक सामाजिक लगायतका विकासमा खर्चका लागि विनियोजन गरेको छ ।

त्यस्तै दरखसवा खेलमैदानका लागि १ करोड, नगर तथा वडाको सन्तुलित विकासका लागि २ करोड ५० लाख, बेलहियामा पशुपतिनाथको झल्को दिने आधुनिक प्रवेशद्वार निर्माणको लागि १ करोड ५० लाख, वोटिङस्टेशन निर्माणको लागि १० लाख, डण्डा खोला छेउमा पार्क निर्माणको लागि १५लाख, लागत सहभागितामा योजान संचालन गर्न १ करोड, बुद्धको आकृति झल्कने नगरपालिकाको नयाँ कार्यालय भवन निर्माणका लागि ६ करोड, ८४ वर्ष माथिका बृद्धहरुलाई निशुल्क सरकारी स्वासथ्य बीमाको लागि ३०  लाख, कोभिड आपतकालिन कार्यक्रमका लागि ३० लाख, सूतकेरी आमासँग उप प्रमुखको कोसेली भेट कार्यक्रमका लागि २५ लाख विनियोजन भएको उपप्रमुख काफ्लेले बताइन । 

यस्तै नगरका मुख्य स्थानमा सार्वजनिक शौचालय निर्माणका लागि ४० लाख, सिद्धार्थनगरलाई बाह्रै महिना फुल फुल्ने शहरको रुपमा विकास गर्न एक वडामा एक उद्यान पार्क निर्माण कार्य गर्न ३० लाख, नगर क्षेत्रभित्र छाडा चौपाया व्यवस्थापनका लागि ५४ लाख ५० हजार बजेट विनियोजन भएको छ । 

नगरपालिकाले कोभिड १९ का कारण पटक पटक बन्दाबन्दी, निषेधाज्ञा भई आर्थिक क्रियाकलाप ठप्प भएको भन्दै चालु आवमा तोकिएको कर तथा शुल्कको दरमा कुनै पनि बृद्धि नगरी यथावत राख्ने, करको दायरा फारकिलो बनाउने उपप्रमुख काफ्लेले बताइन ।  नगरपालिकाले कुल बजेटको ४८ दशमलव ४४ प्रतिशत चालुतर्फ, ५१ दशमलव ५६ प्रतिशत पूजिगत तर्फ खर्च गर्ने अनुमान गरेको छ ।

 

 


  • सम्बन्धित विषय:

  • # सिद्धार्थनगर नगरपालिका

  • लुम्बिनी चिन्तन

    थप समाचार