बर्दिया । बन्यजन्तुको बास क्षेत्रमा मानवको गतिविधि बढ्दा हिंस्रक दुर्घटना हुने गरेको एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन । लुम्बिनी प्रेस क्लबले बर्दियामा आयोजना गरेको लुम्बिनी–बर्दिया पर्यटन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बक्ताहरुले बन्यजन्तु बस्ने क्षेत्रमा मानव बस्ती र कृत्रिम संरचना निर्माणले नै वन्यजन्तुको आक्रमण बढेको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा पनि हिंस्रक घटनाहरु भइरहेका छन, पछिल्लो समय बढेको मानव वस्तीले नै वन्यजन्तुको आक्रमण बढेको छ । चालु आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा मात्रै आक्रमणबाट १५ जनाको ज्यान गएको प्रमुख संरक्षण अधिकृत (वार्डेन) विष्णु श्रेष्ठले बताए ।
अघिल्लो वर्ष बाघले आक्रमण गर्दा ६ जनाको मृत्यु भएको थियो । विगतका वर्षहरु भन्दा यस आवमा आक्रमणबाट मृत्यु हुनेको संख्यामा बृद्धि भएको छ, यसका प्रमुख कारण मानवीय कार्य नै हो । हामीले मानव बन्यजन्तुको द्वन्द्वलाई कसरी न्युनिकरण गर्ने अभियान मै हुदा पनि यहाँका ५ वटा बाघले मानविय हिंस्रक गतिबिधी गरेको वार्डेन श्रेष्ठले बताए ।
ति बाघ मध्ये ४ वटा भाले र १ वटा पोथी रहेको छ सबैलाई हामीले नियन्त्रणमा रेस्क्यु गरेका छौ । निकुञ्ज क्षेत्रमा मानवीय गतिविधि कम गरी अतिक्रमण रोक्ने र अनुमति वा बिना जानकारी निकुञ्ज प्रवेशलाई नरोकेसम्म दुर्घटना न्युनिकरण गर्न नसकिने वार्डेन श्रेष्ठले बताए ।
पूर्व मन्त्री सन्जय गाैेतमले लुम्बिनी–बर्दिया–रारालाई जोडेर त्रिकोणात्मक पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए । राज्यको पहुचमा नपुगेको वर्दिया पछाडी परेको छ, विविधताले भरिपूर्ण छ राज्यले अवसर दिनुपर्ने उनको भनाई छ । पर्यटन प्रवद्र्धनका कार्यक्रम र प्याकेजहरु ल्याएर ऐतिहासिक, धार्मिक र विविधताले भरिपूर्ण संसारकै दुर्लभ ठाउको मार्केटिङ गर्नु पर्ने उनले बताए ।
हामीले मानव र बन्यजन्तुलाई संरक्षण गर्न र घटना न्युनिकरण गर्न योजनाको खाका तयार गरिसकेका छौ अबको केही समयमै योजनालाई लागु गरि यी समस्या समाधान हुने बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।
हामीले बन्यजन्तुको इच्छा अनुसारको काम गर्दै, उनीहरु रिसाउने गतिविधी नगरे उनीहरुले पनि हा्रस नगर्ने भएकोले त्यस्ता गतिविधी नगर्न अनुरोध गरे । उनले वासस्थानमा असर नपर्ने गरी मानवले काम गर्नु पर्ने हुन्छ प्रकृतिले नै उनीहरुलाई वनमै बस्न बनाएको हो । मानवले त्यसको संरक्षणमा काम गर्नुपर्छ । हामी जोगिने र उनीहरुलाई सहयोग गर्ने काम गर्नुपर्छ प्रजिअ सुनारले भने ।
बर्दियामा वन्यजन्तुले मानवीयसँगै अन्नबालीको पनि क्षति गर्दै आएको छ । यसलाई ध्यानमा राखेर निकुंजले सचेतना जगाउने, सवधानीका उपाय सिकाउने र वैकल्पिक खेतीको योजना अघि सारेको छ ।
होटल एशोसिएसन नेपाल बर्दियाका अध्यक्ष मेहनलाल चौधरीले निकुंजले बीमा कार्यक्रम अघि सारे पनि त्यो प्रभावकारी हुनेमा शंका गरे । उनले स्थानीयसँग सरसल्लाह नगरी योजना अघि बढाइएको भन्दै यसलाई व्यापक छलफलपछि मात्रै अघि बढाउन आग्रह गरे ।
क्लबका अध्यक्ष नरेश केसीको अध्यक्षता महासचिव कमल रायमाझीको संचालन, उपाध्यक्ष सम्झना शर्माकाे स्वागतमा भएकाे कार्यक्रममा जिल्लाका सुरक्षा निकाय प्रमुख, पर्यटन व्यवसायी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।