भैरहवा । लायन्स क्लब अफ सिद्धार्थनगर लेडि युथको आयोजनामा भैरहवामा तिहार विषेश सांस्कृतिक कार्यक्रम तथा प्रर्दशनी हुने भएको छ ।
सिद्धार्थनगर नगरपालिकाभित्र कै अति पिछडिएको गाउं वडा नम्बर ९ को गुनहिया गाउंका महिला तथा बालबालिकाको विकासका लागि आर्थिक संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शुक्रबार भैरहवा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष तनु शर्मा कशौधनले जानकारी दिनुभयो ।
अध्यक्ष कशौधनका अनुसार यहि कार्तिकको १४ गते आईतबार दिनको १ बजेदेखि भैरहवास्थित होटल पौवामा कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा गायक अफ्सर अलिको स्लो ब्याण्डको प्रस्तुती रहने छ । यस्तै कार्यक्रममा हस्तकलाका सामग्री, अचार, सेलरोटी, तिहारमा प्रयोग गरिने अन्य सामग्री लगायत चाडपर्वमा लगाईने कपडा समेतका स्टल राखिने कार्यक्रम संयोजक माधुरी थापाले बताउनु भयो । कार्यक्रम प्रवेशका लागि १ हजार रुपैंयाको टिकट लिनु पर्ने उहांले बताउनु भयो ।
लायन्स क्लबहरुले आर्थिक रुपमा पछाडि पारिएका विभिन्न समुदायमा गएर उनीहरुको शिक्षा, स्वास्थ्य तथा आर्थिक विकासका लागि कार्यक्रमहरु संचालन गर्दै आईरहेको अवस्थामा सिद्धार्थनगर कै पछि परेको गाउं गुनहिया गाउंलाई महत्व दिएर कार्यक्रम गर्नु निकै प्रसंशनीय भएको लायन्स क्लबका डिष्ट्रिक एड्भाईजर एमजेएफ नन्दलाल गोयनकाले बताउनु भयो ।
लायन्स लेडि युथले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा गुनहिया गाउंमा रहेका महिला तथा बालबालिकाको चेतना स्तरका साथै जीवनस्तर नै माथि उठाउनु पर्ने आवश्यकता महसुस गरेर कार्यक्रमको आयोजना गरिएको लेडि युथका प्रथम उपाध्यक्ष निपा क्षेत्रीले जानकारी दिनुभयो । क्लबले उतm कार्यक्रमबाट संकलित रकमबाट सो गाउंका महिलाहरुको सिप, क्षमता वृद्धि तथा बालबालिकाहरुको शिक्षाका लागि सहयोग गर्ने उहांले जानकारी दिनुभयो । उतm गाउंमा करीब एकसय जनालाई सहयोग गर्ने क्लबको लक्ष्य छ । सो गाउंलाई पुर्ण रुपमा व्यवस्थित गरी महिलाहरुलाई आयआर्जनमा जोड्ने र बालबालिकाहरुलाई विद्यालय जाने वातावरण सृजना गर्ने क्लबको उद्देश्यलाई सफल पार्न सबैले सहयोग गर्ने अपेक्षा क्लबको छ । प्रथम उपाध्यक्ष निपा क्षेत्रीको संचालन, डिष्ट्रिक एड्भाईजर एमजेएफ नन्दलाल गोयनकाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।