Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

एउटा युवाको मन भित्रको हुटहुटीले जन्मिएको सिटि अस्पताल , ७० करोड बढी लगानि


  • लुम्बिनी चिन्तन
  • भाद्र १५, २०७९ बुधवार
  • 3.6K
    SHARES

एउटा युवाको मन भित्रको हुटहुटीले जन्मिएको सिटि अस्पताल , ७० करोड बढी लगानि


भैरहवा भदौ १५
एउटा युवाको मनभित्रबाट कुनै कुरा आउछ भने ढिलो चाडो त्यसलाई पुरा गर्नका लागी  उसले मनैदेखि त्यो क्षेत्रमा काम गर्दछ । भनिन्छ चाहना हुनु पर्दछ ढिलो चाडो उपलब्धि अबस्य हात पर्ने छ ।  
सिद्धार्थनगर नगरपालिका वडानं ६ मा जन्मिएका अजुर्न पौडेल पनि तिनै युवाहरु मध्येका एक हुन । जस्ले २० बर्ष पहिले देखेको एउटा सपनालाई दुई दशकको अवधिमा पुरा गरेर आप्नौ छुटै पहिचान बनाएका छन् । मेडिकल क्षेत्रका बिध्यार्थि भएका कारण उनलाई भैरहवा बाट उपचारका लागी भारत तथा नेपालकै बिभिन्न शहरहरुमा बिरामीहरु उपचारका लागी जानु पर्ने बाध्यता मानमा छोएको थियो । 

arjun poudyal.jpg
आफुले पनि केहीगर्न सके यस क्षेत्रका बिरामीहरु उपचारका लागी जिल्ला बाहीर र भारत जान नपर्ने अवस्था श्रृजना गर्न सकिन्छ भन्ने आत्मबिस्वासका साथ आफु निकटका केही साथिहरु संगको समन्वयमा २०६७ सालमा सिटि अस्पतालको स्थापना गरे । अस्पतालको स्थापना संगै उनको मनमा देखीएको एउटा सुबिधा सम्पन्न अस्पताल बनाएर बिरामीहरुलाई त्यही अस्पतालमा  भारत तथा अन्य शहरहरुमा उपलब्ध हुने सेवा दिन सक्ने हुटहुटी सपना पुरा भएकोमा खुसि छन् । 
२०६७ सालमा नया सडकमा ६ महिना सम्म संचालनमा रहेको सिटि अस्पताल लुम्बिनी रोडमा सरेको थियो ।

लुम्बिनी रोडमा करीब ९ बर्ष सेवा प्रदान गरेको अस्पतालले भैरहवा र बुटवल बाट किडनी डाईलासिस सेवा समेत संचालनमा ल्यायौ । सुरुमा मृगौला रोग , बालरोग , सर्जरी, फिजिसिन हाडजोर्नी , स्त्रि तथा प्रसुती सेवा सहितको सुबिधा बाट सुरुमा १५ बेड बाट सुरु गरेको अस्पताल सेवा बिस्तार संगै २०७२ साल बाट ५० बेड र २०७८ बाट १०० बेडमा अस्पताल संचालनमा रहेको छ । ७० करोड बढि लगानीमा निमार्ण सम्पन्न भएको अस्पतालमा ६४ स्लाईस सिटिस्क्यान देखी बिभिन्न सुबिधाहरु रहेका छन् ।
लुम्बिनी रोडमा करिब ९ बर्ष संचालनमा आएको अस्पताल अहिले आप्नै सुबिधासम्पन्न भवन बाट संचालनमा आएको छ । लामो समय पछि आफुले देखेको सपना पुरा भएको छ अस्पतालमा प्रबन्ध निर्देशक समेत रहेका अजुन पौडेलले भने । यो सफलता मलाई साथ दिनुहुने सम्पुर्ण लगानीकर्ता , सुभचिन्तकहरु प्रति आभार प्रकट गर्न चाहन्छु उनले भने । उहाहरुको उलेख्य सहयोग नभएको भए सोचे जस्तो काम गर्न सकिने अवस्था रहदैनथ्यौ होला उनले भने । 
अण्डरग्राउन सहित सात तले सुबिधासम्पन्न भवन बाट अघिल्लो बर्ष देखी सेवा दिन अस्पतालले सुरुवात गरेको छ । हाम्रो अस्पताल होटल जस्तै छ उनले भने । लग्जरियस क्याबीन , बिदेशी तथा भिआईपि बिरामीहरुका लागी ईन्टरनेशनल कम्प्लेक्स , ईन्टरनेशनल ओपिडि , सुबिधा सम्पन्न तिन वटा अब्जरवेशन बेड र सम्पुर्ण सेवा सुबिधा सहितको २ वटा स्विट रुमको ब्यावस्था अस्पतालमा छ । यस्तो सुबिधा अस्पतालमा किन आबस्यक छ र भन्ने प्रश्नमा उनले गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल र भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी पनि यहि रहेकाले बिदेशी कुटनितीक नियोग , पर्यटक , सरकारका उच्च ब्याक्तीहरुको लागी उपयुक्त रहेको जवाफ दिए । 
२० बर्ष देखीको स्वास्थ्य क्षेत्रमा अनुभव प्राप्त पौडेलले सुरुवातका दिन देखिनै सुबिधा सम्पन्न अस्पतालको सोच बनाएका थिए । अस्पताल उपचार सेवा स्थल मात्र नभएर  रमणीय, सफासुघर, सबै सेवाले भरिपुर्ण अस्पताल संचालनमा ल्याउने सोच पुरा भएको छ । भैरहवा प्रतिष्ठित उधोगी ब्यावसायिहरुको साथ रहेकोको उनि थप उत्साहित छन् । साथै अस्पताललाई अगाडी बढाउन थप सहयोग पुगेको उनको भनाई छ । 
लामो समय स्वास्थ्य क्षेत्र आबद्ध पौडेल संग औषधि , एनजिओ , अस्पताल लगायत क्षेत्रमा २० बर्षको अनुभव छ । मास्र्टस अफ पब्लिक हेल्थ २००७ , पिजि डिप्लोमा ईन हस्पिटल एड्मिस्ट्र्ेसन , ६ बर्ष सम्म कलेजमा स्वास्थ्य बिषयमा अध्यापनमा आबद्ध रहेका पौडेल भैरहवाका स्थाई बासिन्दा हुन । बुवा जिवनाथ उपाध्याय र आमा स्व सुमित्रा उपाध्याय का तिन सन्तान मध्येका पौडेल हुन । बिध्या गौतम संग बैवाहिक बन्धनमा बाधिएका पौडेलका श्रीमति पनि लामो समय देखि स्वास्थ्य क्षेत्रमा आबद्ध हुनु हुन्छ । गौतम आई ओ एम बाट मास्र्टस ईन नसिंड. पछि कलेजको प्रिन्सीपल देखी म्यानेजमेन्टमा समेत राम्रो दखल छ । 
सिटि अस्पतालमा ग्राण्डीमा अनुभवी डाक्टरहरु बाट सेवा प्रदान हुने गरेको छ । अस्पताल पुग्दा भित्रको कोठाहरु अस्पतालको अनुभव नहुने खालका छन् । होटलमा पुगेको अनुभव हुने , आक्रशक रिसेप्सन देखी लिएर अन्य सबै सुबिधाहरु सम्पन्न छन् । बिरामी र भिजिटरका लागी निशुल्क नेटको ब्यावस्था छ पौडेलले भने ।
डाईलासीस ,आईसियु , ओटी लगायतका स्थानहरुमा म्युजिक सिस्टम, अस्पतालमा अत्याधुनिक उपकरण , स्टिल अप्रेसन थे्रटर तिन वटा रहेका छन् । अस्पताल पुर्ण डिजिटल , बिरामीहरुका लागी र्याम्प र लिप्टको सुबिधा । अस्पतालमा बिरामीको सुरक्षाको लागी फायर फाईटिड. सिस्टम, फायर आलरम सिस्टम , ईस्मोक डिडेक्टर सिस्टम , चट्याड. बाट बचाउन रडरसिस्टम जडित छ । हालका दिनमा हेयर टान्सप्लाटका लागी, अमेरिका , ईजरायल , जापान ,स्पेन , क्यानडा ,पोखरा काण्ठमाण्डौ बाट पनि धेरै आउने गरेका छन् । 
निशन्तान दम्पतीको लागी अत्याधुनिक आईभिएफ सेन्टर अस्पतालमा संचालनमा छ । अस्पतालले नया नया प्रबिधिको प्रयोग गरेको छ । बेला बेलामा बिरामी र भिजिटर संग समस्याका बारेमा बुझ्ने , सेवा लिएर गएकाहरु संग बाट सल्लाह सुझाव लिने गरिएको छ । 
बिभिन्न स्थानहरुमा रहेको अस्पतालहरुको अध्ययन र अनुभव बाट संचालनमा आएको अस्पताल ५४ हजार स्क्वार फिट क्षेत्रफमा फैलिएको छ । स्टार लेवलको होटल सरह अस्पताल बाट सुबिधा दिने प्रबन्ध निर्देशक पौडेलको दाबी छ । गौतमबुद्ध अन्तराष्ट्र्यि बिमानस्थल बने संगै यस बाट स्वदेशी तथा बिदेशीहरुलाई उत्कृष्ट सेवा दिने अवसर प्राप्त भएको छ पौडेलले भने । 


लुम्बिनी चिन्तन

थप समाचार