भैरहवा । सिद्धार्थनगर उपप्रमुख दोस्रो महिला कप प्रतियोगिता भोली शुक्रबारबाट हुने भएको छ ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारा सहित गत वर्ष देखि आयोजना हुदै आएको प्रतियोगिता फागुन २८, २९ र चैत १ गते तीन दिनसम्म सञ्चालन हुने आयोजक सिद्धार्थनगर नगरापलिकाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
महिलाहरुलाई पुरुषसँग प्रतिस्पर्धा ग्राह्रो हुने, समानता, सुरक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै युवा महिलालाई लक्षित गरेर अहिले दोस्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले बताइन । गत वर्ष कोभिड महामारीले हामी भलिबल, तेकवान्दोे र वकृत्वकला प्रतियोगिता आयोजना गरेपनि यस वर्ष विद्यालयका साना भाइबहिनीहरुको सहभागिता होस भन्ने उद्देश्यले दौड, रिले दौड, लङजम्प, सटपुट, २ समूहमा बर्गिकरण गरी र कक्षा १० सम्मका छात्राहरुलाई सहभागीतामा भलिबल र बकृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको छाै तयारी पुरा भइसकेकाे उपप्रमुख काफ्लेले बताइन ।

सिद्धार्थनगर नगरपालिकाका ६८ वटा विद्यालय भएपनि बढि भन्दा बढि विद्यालयका छात्राहरुको सहभागिता गराउने प्रयासमा छौ, हाल सम्म २६ वटा विद्यालयले सहभागिताको लागि दर्ता गराएको सिद्धार्थनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चेतनशील लम्सालले जानकारी दिए । खेलकुदमा महिलाको पहुचलाई सुनिश्चतता गर्न, विद्यालयका छात्राहरुमा सिप कला कौशल प्रदर्शन गर्नूृका साथै स्वास्थ्य शरीर निर्माणका लागि आधार हुने र छात्र सरह प्रतिस्पर्धामा आउन सहयोग होस भन्दै छात्राहरुलाई मात्रै सहभागि गराई प्रतियोगिता आयोजना गर्न लागिएको अधिकृत लम्सालले बताए । सिद्धार्थनगर नगरपालिकाको आयोजना र सामूहिक विद्यालय परिवारको व्यवस्थापनमा हुन गइरहेको प्रतियोगिताका विजेताले रनिङ सिल्ड सहितको पुरस्कार पाउने छन । शुक्रबार विहान प्रतिनिधी सभा सदस्य तथा पूर्व मन्त्री घनश्याम भुसाल र संविधानसभा सदस्य आदित्यनारायण कसौधनले ¥याली सहित प्रतियोगिताको उद्घाटन गर्ने आयोजकले जानकारी दिएका छन ।
भैरहवा स्थित संघीय इकाई प्रहरी कार्यालय शन्तिनगरको मैदानमा हुन लागेको प्रतियोगिता इतिहासमै गत वर्षबाट सुरु गरिएको हो । गत वर्षको विजेता आदर्श विद्या मन्दिरले रनिङ सिल्ड पाएको थियो ।