Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

गुरु पूर्णिमाः “२८३ औं सिद्धार्थ साहित्य सङ्गम” कार्यक्रम सम्पन्न


  • लुम्बिनी चिन्तन
  • श्रावण ६, २०८१ आइतवार
  • 690
    SHARES

गुरु पूर्णिमाः “२८३ औं सिद्धार्थ साहित्य सङ्गम” कार्यक्रम सम्पन्न

भैरहवा , साउन ६ । “२८३ औं सिद्धार्थ साहित्य सङ्गम” कार्यक्रम शनिबार भैरहवामा समपन्न भएको छ । गुरु पूर्णिमाको पूर्व सन्ध्यामा आयोजित सिद्धार्थ साहित्य परिषद्, रूपन्देहीको नियमित मासिक शृङ्खला अन्तर्गत सिद्धार्थ साहित्य सङ्गम कार्यक्रममा परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता तथा समालोचक डा. शालिकराम पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । 


कार्यक्रममा उपस्थित विभिन्न साहित्यकारहरूले रचना वाचन गरेका थिए । रचना बाचन गर्दै वर्तमान देशको राजनीतिक अवस्था , सामाजिक विकृति एवम् विसङ्गतिप्रति व्यङ्ग्य गर्दै साहित्यकारहरूले आफ्ना सिर्जनामा स्थानीय समाजको यथार्थताको सम्बोधन आवश्यक रहेको चर्चा गरेका थिए ।
कार्यक्रममा समालोचक डा. शालिकराम पौड्याल, अध्यक्ष डिल्लीराज भट्टराई, संस्थापक अध्यक्ष एवम् प्राज्ञ बूँद राना, पूर्व अध्यक्ष एवंम साहित्यकार प्राध्यापक डा. कपिल लामिछाने, वनमाली निराकार, विजय सागर लगायतले आ–आफ्नो धारण राखेका थिए। c6f1abcb-92d0-411f-8876-bc65465be3e7.jfif


यसैगरी, कविहरू देवी न्यौपाने (धिर), कृष्णप्रसाद बस्याल, सीता काफ्ले, सरु ज्ञवाली, तिलक लामिछाने, उमेश रिजाल, लता प्रधान, दीपक प्रधान ,उमेश थापा(लाटोमगर), रामराज गौतम, शान्ता अर्याल, रमेश मोक्तान, कृष्णचन्द्र बस्याल, रुद्र ज्ञवाली, लक्ष्मीप्रसाद अधिकारी लगायतका स्रस्टाहरुले गीत ,मुक्तक,कविता ,कथा ,वाचन भएको सिद्धार्थ साहित्य सङ्गम सदस्य देवी न्यौपाने(धिर)ले बताउनुभएको छ ।

23e32bef-26e0-4564-bef3-9085ce63dab7.jfif
सिद्धार्थ साहित्य सङ्गम परिषद्का कोषाध्यक्ष सीता काफ्लेको स्वागत र सहसचिव कृष्णप्रसाद बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न  भएको थियो । 

 


लुम्बिनी चिन्तन

थप समाचार