Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

युसिएमएस भैरहवाद्वारा शुद्धोधन गाउपालिकामा निःशुल्क बस सेवा संचालन


  • लुम्बिनी चिन्तन
  • श्रावण ९, २०८१ बुधवार
  • 602
    SHARES

युसिएमएस भैरहवाद्वारा शुद्धोधन गाउपालिकामा निःशुल्क बस सेवा संचालन

भैरहवा, साउन ०९ । युनिभर्सल कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल भैरहवाले शुद्धोधन गाउपालिकामा पनि नि शुल्क बस सेवा सन्चालन गरेको छ । बिरामि मान्छे अनि गाडि कुर्ने झन्झट गलेको शरिर सम्झदा अस्पताल नै जान मन नलाग्ने  यो समस्या बुझेर सौ फर्साटिकर व्यावसायि संघ को पहल तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवाको आयोजनामा साताको हरेक बुधबार निरन्तर बस संचालनको लागि रिवन काटि बुधबार  फ्री बस सेवाको थालनि भएको छ ।सुद्धोधन गाउँपालिका वडा न ४ का वडा अध्यक्ष तथा शुद्धोधन गाउपालिका प्रवक्ता केशव अधिकारि ले बोल्दै  गअmक मा छिटो छरितो र राम्रो सेवा आफुलेनै लिएको बताउदै गअmक नजिकै रहेको अस्पताल साथै रहेको जनाउदै  युनिभर्सल मेडिकल कलेज नजिकैको एक प्रतिष्ठित अस्पताल साथै लुम्बिनी प्रदेशमै राम्रो छाप बनाउन सफलभएको अस्पताल भएकाले रोग नपालि सेवा लिन शुद्दोधन बासिहरुलाइ अनुरोध गर्नुभयो । त्यस्तै कार्यक्रमका अध्यक्ष तथा सौ फर्साटिकर ब्यापार संघका अध्यक्ष लालमणि श्रेष्ठले असाहाय  गरिव निमुखा हरुलाइ वडाको सिफारिसमा नि शुल्क उपचार प्रधान गर्दै निरन्तर बस संचालनको लागि शुभकामना दिनुभएको थियो ।
त्यस्तै युनिभर्सल मेडिकल कलेज अफ शिक्षण अस्पताल भैरहवाका प्रशासन प्रमुख तेज कुमार केसिले बिरामिहरुलाइ आवत जावत गर्न अन्य सबारि कुर्न कठिनाइ हुने भएको कुरालाई मध्यनजर गर्दै सौ फर्साटिकर ब्यापार संघले बिरामिहरुलाइ सेवा दिने उद्धेश्यले गअmक लाई सताको एक दिन बस चलाउन माग गरेको साथै सामाजिक उत्तरदायित्व अन्तर्गत कार्य भएकोले यो कार्य गरिएको बताउनु भयो ।
बिभिन्न ठाउमा युनिभर्सल मेडिकल कलेज अफ शिक्षण अस्पताल भैरहवाले फ्री बससेवा दिइरहेको छ यसमा सेवाग्राही सन्तुष्ट देखिन्छन्  भने यस अस्पतालले बिभिन्न स्थनहरुमा बिरामीहरुलाइ अस्पताल ल्याएर उपचार गरेर पुन सोहि स्थानमा छोड्ने जाने कार्य गरिरहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार