Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

चलचित्र ‘घर नम्बर २’ माघ ११ मा रिलिज हुने


  • लुम्बिनी चिन्तन
  • श्रावण ३१, २०८१ बिहिवार
  • 478
    SHARES

चलचित्र ‘घर नम्बर २’ माघ ११ मा रिलिज हुने

भैरहवा, साउन ३१ । दीपेन्द्र के खनाल निर्देशित चलचित्र  ‘घर नम्बर २’ आगामी माघ ११ मा रिलिज हुने भएको छ । 

निर्देशक खनालले सामाजिक सञ्जाल मार्फत बुधबार चलचित्रको रिलीज मितिबारे जानकारी गराएका हुन् । निर्माण युनिटले वितरक कम्पनी रिच इन्टरटेन्मेन्टका प्रमुख करण श्रेष्ठसँगको छलफलबाट फिल्मको रिलिज मिति तय गरेका हुन् ।

साउन २५ गतेदेखि छायांकन चलिरहेको चलचित्रको छायांकन तालिका एक महिना चल्नेछ । बुद्धि सागरले लेखेको पटकथामा बनिरहेको चलचित्रको छायांकन काठमाडौं उपत्यका वरपर हुने जनाइएको छ ।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत,  आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरूको अभिनय रहनेछ ।


लुम्बिनी चिन्तन

थप समाचार